चितवनमा अघि लागे रबि लामिछाने, कसले कति मत ल्याए ?

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकाका रबि लामिछानेले एमाले र कांग्रेसका उम्मेदवारलाई उछिनेका छन्।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ रवि लामिछाने (घन्टी)ले ३९४९, कृष्ण भक्त पोख्रेल (सुर्य) ले २७१२ र उमेश श्रेष्ठ (रुख) ले ३१७७ मत प्राप्त गरेका छन्।

त्यस्तै, तीन निर्वाचन क्षेत्र रहेको चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रभावशाली रूपमा अगाडि आएको छ। यहाँ स्वतन्त्र पार्टीका उम्मेदवारहरूले पुराना राजनीतिक दललाई कडा चुनौती दिइरहेका छन्।

चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले नेपाली कांग्रेसका विश्व पौडेललाई १२ सयभन्दा बढी मतले पछि पारेका छन्।

पछिल्लो परिणामअनुसार घन्टी चिह्न लिएर चुनाव लडिरहेका स्वतन्त्र पार्टीका हरि ढकालले ५०९८ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका कांग्रेसका विश्व पौडेलले ३८८४ मत ल्याएका छन्। उनीहरूबीच १२१४ मतको अन्तर छ।

यहाँ नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे तेस्रो स्थानमा छन्। उनले ३८८० मत ल्याएका छन्।

उता, प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले अग्रता लिएको छ । दोस्रो स्थानमा कांग्रेस रहँदा तेस्रो स्थानमा नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी देखिएको छ ।

नेकपा माओवादी केन्द्र चौंथौ स्थानमा रहेर रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीसँग संघर्ष गरिरहेको छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म एमालेले ५१ हजार २ सय ४०, नेपाली कांग्रेसले ४५ हजार ४ सय ७, राष्ट्रिय स्वतन्त्र पार्टीले २१ हजार ४ सय ३८ र नेकपा माओवादी केन्द्रले २० हजार १ सय ९२ मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ९ हजार ९ सय ६७ मत पाएको छ ।

सिफारिस

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव, गणेश तथा पञ्चकुमारी पूजा  सम्पन्न भएको छ। १०८ भैरव पूजा समिति र मजिपाट लाखेननी मिसा पुचःको...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको शोकमा मंगलबार सरकारी कार्यालयहरूमा सरकारी झन्डा आधा झुकाउने निर्णय सरकारले गरेको छ। शोक मनाउनका लागि...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

भर्खरै

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

धेरै पढिएको