काठमाडौं- ९ बाट एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी, को हुन् उनी ?

नेकपा एमालेका नेता कृष्ण गोपाल श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९९५ मतले पछि पार्दै एमाले नेता श्रेष्ठ विजयी भएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ९ मा खसेको ४३०६७ मत मध्ये एमालेका कृष्ण गोपाल श्रेष्ठले ११९५६ मत ल्याउँदा उनको प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकवहादुर पोखरेल १०९६१ मतमा रोकिए । गठबन्धनबाट उम्मेदवार बनेकी कल्पना धमलाले ६४०२ मत ल्याइन् ।

काठमाडौं क्षेत्र नम्बर ९ मा ७२ हजार १७३ मतदाता रहेकोमा ४३ हजार ६७ मत मात्रै झरेको थियो ।

को हुन् श्रेष्ठ ?
श्रेष्ठको जन्म वि.सं. २०१५ साल असोज १५ गते विजया दशमीको दिन काठमाडौंमा भएको हो । हाल काठमाडौं महानगरपालिका वडा नम्वर १४ बल्खुमा बस्दछन् । उनका बाबुआमा काठमाडौंको राणा थर भएका एक व्यक्तिको घरमा डेरा गरी बस्दथे । डेरामा नै कृष्णगोपालको जन्म भएको हो । आमाले ज्याला मजदुरी गरेर हुर्काएको सम्झना उनलाई अहिले पनि ताजै छ । उनको बुबाको नाम हरिलाल श्रेष्ठ र आमाको नाम हरिमाया श्रेष्ठ हो । उहाँका एक छोरा र दुई छोरी छन् ।

उनले अर्थशास्त्रमा एमए गरेका छन् । राणा परिवारका बालबालिकाले पढेको देखेर उनले सानो उमेरमा अक्षर चिन्ने मौका पाए । स्कूल जान त पाएनन् । तर घरबेटीका छोराहरुले लेखपढ गरेको देखेर उनले धेरै कुरा सिके । पछि एकैपटक ५ कक्षामा भर्ना भएर आफ्नो पढाई पूरा गरेका थिए । सानै उमेरमा गरिवी, अभाव र पछौटेपन भोगेका नेता श्रेष्ठलाई त्यही बेलादेखि प्रगतिशील विचारधाराले प्रभावित बनायो ।

२०३७ सालमा अनेरास्ववियुले गरेको पहिलो नेपाल बन्दमा उहाँ सकृयतापूर्वक सहभागी भएका थिए । विद्यार्थी र पार्टी आन्दोलनमा सहभागी हुँदा उनी पटकपटक जेल समेत परेका थिए ।

श्रेष्ठ २०३८ सालमा पार्टीको काठमाडौं जिल्ला कमिटी सचिव भए । श्रेष्ठ २०४२ सालमा भक्तपुर र २०४६ सालमा ललितपुरको पार्टी सचिव भएका थिए । यसअघि २०३६/०३७ सालमा उनी उपत्यका समन्वय कमिटीको सदस्य बनेका थिए ।

२०४७ सालमा अखिल नेपाल किसान संघको सचिव भएका श्रेष्ठ २०५४ सालमा नेकपा एमालेको काठमाडौं उपत्यका कमिटी सचिव बने । २०५४ सालदेखि उनी नेकपा एमालेको केन्द्रीय सदस्य भएका थिए ।

२०४८ सालको आम निर्वाचनमा मदन भण्डारीले छाडेको काठमाडौं क्षेत्र नम्बर ५ मा भएको उपनिर्वाचनमा उनी नेकपा एमालेको तर्फबाट निर्वाचित भए । यस्तै २०५१ को आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित भए । २०५६ मा काठमाडौं-९ बाट उम्मेद्वारी दिएका श्रेष्ठ पराजित भएका थिए । २०६४ सालको पहिलो संविधानसभा चुनावमा पनि उनी त्यही क्षेत्रबाट उम्मेद्वार बनेका थिए तर पराजित भए ।

२०६१ सालमा उनी स्थानीय विकास राज्यमन्त्री भएका थिए । पार्टीका हरेक काममा सक्रिय हुने श्रेष्ठले २०४६ सालमा एउटा महत्वपूर्ण जिम्मेवारी सम्हालेक थिए । त्योबेला सिरहामा भूमिगत रुपमा भएको पार्टी सम्मेलनमा उनलाई काठमाडौंबाट प्रतिनिधि बनाइएको थियो । त्यतिबेला काठमाडौंमा रहेका नेताहरु राधाकृष्ण मैनाली, केपी शर्मा ओली र मोदनाथ प्रश्रितलाई लुकाएर सिरहासम्म लैजाने जिम्मेवारी उनले सफलतापूर्वक सम्पन्न गरेका थिए ।

सिफारिस

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव, गणेश तथा पञ्चकुमारी पूजा  सम्पन्न भएको छ। १०८ भैरव पूजा समिति र मजिपाट लाखेननी मिसा पुचःको...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको शोकमा मंगलबार सरकारी कार्यालयहरूमा सरकारी झन्डा आधा झुकाउने निर्णय सरकारले गरेको छ। शोक मनाउनका लागि...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

भर्खरै

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

धेरै पढिएको