काठमाडौं- ५ मा कांग्रेसका प्रदीप पौडेल विजयी, हारे एमाले वरिष्ठ उपाध्यक्ष

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट आफ्नो जित पक्का गरेका छन् । एमालेका हेभिवेट नेता तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलविरुद्ध उनले सहज जित निकालेका हुन् ।

अघिल्लो चुनावमा तनहुँबाट प्रदेशसभामा लडेका पौडेल माओवादी केन्द्रकी आशा कोइरालासँग ११ मतले पराजित भएका थिए ।

वाम गठबन्धनकी उम्मेदवार कोइरालासँग पराजित भएपछि पौडेलले मतदानको क्रममा धाँधली भएको भन्दै पुनः मतदान गराउन माग गर्दै मुद्दा हालेका थिए । पौडेलले हालेको उक्त मुद्दाको छिनोफानो अहिलेसम्म भइसकेको छैन ।

तर, आइतबार सम्पन्न निर्वाचनमा काठमाडौं ५ बाट उम्मेदवार बनेका पौडेलले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भारि मतान्तरले पराजित गरेका छन् ।

विद्यार्थी राजनीतिबाट उदाएका पौडेल कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार थिए । तर त्यसबेला उनी गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए ।

काठमाडौं ५ बाट अघिल्लो चुनावमा ईश्वर पोखरेलले कांग्रेसका डा. प्रकाशशरण महतलाई पराजित गरेका थिए । तर, यसपटक भने कांग्रेसका युवा उम्मेदवार पौडेलसँग पोखरेल पराजित भएका हुन् ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको