बिहानी अपडेट: ११४ स्थानको नतिजा आउँदा कुन दलले कति सिट जिते ? (सूचीसहित)

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत संघीय संसदका ११४ स्थानको नतिजा आउँदा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस ४० सिटमा विजयी भएको छ।

मुस्ताङबाट विजयी यात्रा सुरु गरेको कांग्रेसले शुक्रबार बिहान ६ बजेसम्म धनुषा–२ मा रामकृष्ण यादवलाई ३९ औं प्रतिनिधिसभा सदस्यका रुपमा पाएको छ। उनी आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका उमाशंकर अरगरियालाई डेढ सय मतले हराउँदै संघीय सांसदमा विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार २० हजार ११२ मतका साथ यादव संघीय सांसदमा विजयी हुँदा निकटतम् प्रतिस्पर्धी अरगरियाले १९ हजार ९५५ मत पाएका छन्। २०७४ मा जनता समाजवादी पार्टी (जसपा) बाट धनुषा–२ मा निर्वाचित अरगरियाले यसपालि निर्वाचनको संघारमा नेकपा एमालेमा प्रवेश गरेका थिए।

यो क्षेत्रमा सत्ता गठबन्धनकै अर्काे दल नेकपा एकीकृत समाजवादीले पनि आफ्नो उम्मेदवार उठाएको थियो। एकीकृत समाजवादीका उम्मेदवार रामचन्द्र झा १३ हजार ६०५ मत ल्याएर तेस्रो भएका छन्।

अहिलेसम्म मतगणना सम्पन्न भएका १११ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये कांग्रेस ४०, एमाले २७, नेकपा माओवादी केन्द्रले १२, एकीकृत समाजवादीले १० स्थानमा जित निकालेका छन्। निर्वाचनको संघारमा गठन भएर संसदीय चुनावमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी ७ स्थानमा विजयी भएको छ।

एमालेसँग चुनावी तालमेल गरेर चुनावी प्रतिष्पर्धामा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ४ र जनता समाजवादी पार्टी (जसपा) २ क्षेत्रमा विजयी हुँदा सत्ता गठबन्धनसँग तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले क्रमशः २ र १ सिट जितेका छन्।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन अघि निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले २, मुलुक विखण्डनको मुद्दा अघि सारेर मुलधारको राजनीतिमा आएको जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) १–१ प्रतिनिधिसभा आप्mनो पक्षमा पार्न सफल भएका छन्।

हालसम्म मतगणना सम्पन्न भएका क्षेत्रमध्ये ५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारहरु निर्वाचित भएका छन्।

प्रतिनिधिसभा सदस्यमा निर्वाचितहरुको सूची
नेपाली कांग्रेस
(१) मुस्ताङ– योगेश शेरचन
(२) मनाङ– टेकबहादुर गुरुङ
(३) काठमाडौं १ – प्रकाशमान सिंह
(४) काठमाडौं ३ – सन्तोष चालिसे
(५) काठमाडौं ४– गगनकुमार थापा
(६) काठमाडौं ५ – प्रदीप पौडेल
(७) रसुवा– मोहन आचार्य
(८) ललितपुर १– उदय शमशेर जबरा
( ९) तनहुँ २ – शंकर भण्डारी
(१०) डडेल्धुरा– शेरबहादुर देउवा
(११) काठमाडौं १० – राजेन्द्रकुमार केसी
(१२) पर्सा ४ – रमेशकुमार रिजाल
(१३) सुर्खेत २ – हृदयराम थानी
(१४) ओखलढुंगा– रामहरि खतिवडा
(१५) झापा १– विश्वप्रकाश शर्मा
(१६) पर्सा १– अजयकुमार चौरसिया
(१७) गोरखा १– राजेन्द्र बजगाँई
(१८) म्याग्दी– खमबहादुर गर्बुजा
(१९) अछाम २ – पुष्पबहादुर शाह
(२०) कैलाली ४ – वीरबहादुर बलायर
(२१) दार्चुला – दिलेन्द्र प्रसाद बडू
(२२) कञ्चनपुर ३ – रमेश लेखक
(२३) कञ्चनपुर २– एनपी साउद
(२४) सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत
(२५) दैलेख २ – दिक्पालकुमार शाही
(२६) भक्तपुर २ – दुर्लभ थापा
(२७) नवलपरासी पूर्व १ – शशांक कोइराला
(२८) तनहुँ १ – रामचन्द्र पौडेल
(२९) बाँके ३ – किशोरसिंह राठोर
(३०) रौतहट ४ – देवप्रकाश तिमल्सिना
(३१) नवलपुर २ – विष्णुकुमार कार्की
(३२) सप्तरी ३ – दिनेश यादव
(३३) धादिङ २ – रामनाथ अधिकारी
(३४) सुर्खेत १ – पूर्णबहादुर खड्का
(३५) दाङ ३ – दीपक गिरी
(३६) सिन्धुली १ – श्यामकुमार घिमिरे
(३७) बर्दिया १ – सञ्जयकुमार गौतम
(३८) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– १ विनोद चौधरी
(३९) धनुषा २ – रामकृष्ण यादव
(४०) मोरङ-६ – शेखर कोइराला

नेकपा एमाले
(१) उदयपुर २ – अम्बरबहादुर रायमाझी
(२) काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
(३) ललितपुर २– प्रेमबहादुर महर्जन
(४) गुल्मी २ – गोकर्ण विष्ट
(५) झापा २ – देवराज घिमिरे
(६) झापा ५ – केपी शर्मा ओली
(७) ताप्लेजुङ– योगेश भट्टराई
(८) पर्सा ३ – राजकुमार गुप्ता
(९) अर्घाखाँची – टोपबहादुर रायमाझी
(१०) प्युठान – सूर्य थापा
(११) लमजुङ – पृथ्वीसुब्बा गुरुङ
(१२) मकवानपुर २ – महेश बर्तौला
(१३) सोलुखुम्बु – मानवीर राई
(१४) पर्वत – पदम गिरी
(१५) झापा ४ – लालप्रसाद साँवा लिम्बु
(१६) रुपन्देही ५ – बासुदेव घिमिरे
(१७) धनकुटा – राजेन्द्रकुमार राई
(१८) कास्की २ – विद्या भट्टराई
(१९) सिरहा १ – रामशंकर यादव
(२०) बाँके १ – सूर्यप्रसाद ढकाल
(२१) बैतडी – दामोदर भण्डारी
(२२) कपिलवस्तु १ – बलराम अधिकारी
(२३) कञ्चनपुर १ – तारा लामा तामाङ
(२४) पाँचथर – वशन्तकुमार नेम्वाङ
(२५) कास्की ३ – दामोदर पौडेल वैरागी
(२६) सर्लाही ३ – हरिप्रसाद उप्रेती
(२७) बारा ३ – ज्वालाकुमारी साह

नेकपा माओवादी केन्द्र
(१) सिन्धुली २– लेखनाथ दाहाल
(२) सिन्धुपाल्चोक १ – माधव सापकोटा
(३) बाग्लुङ २ – देवेन्द्र पौडेल
(४) रोल्पा – वर्षमान पुन
(५) रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
(६) जाजरकोट – शक्तिबहादुर बस्नेत
(७) गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
(८) दाङ २ – रेखा शर्मा
(९) खोटाङ – रामकुमार राई
(१०) भोजपुर – सुदन किराती
(११) मोरङ ४ – अमनलाल मोदी
(१२) रुकुम पश्चिम – जनार्दन शर्मा

नेकपा एकीकृत समाजवादी
(१) अछाम १ – शेरबहादुर कुँवर
(२) बारा ४ – कृष्णकुमार श्रेष्ठ
(३) बझाङ – भानुभक्त जोशी
(४) दैलेख १ – अमरबहादुर थापा
(५) डोटी – प्रेम आले
(६) सल्यान – प्रकाश ज्वाला
(७) रौतहट १ – माधवकुमार नेपाल
(८) डोल्पा – धनबहादुर बुढा
(९) धादिङ १ – राजेन्द्र पाण्डे
(१०) दाङ १ – मेटमणि चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी
(१) काठमाडौं ७ – गणेश पराजुली
(२) काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
(३) काठमाडौं २ – सोविता गौतम
(४) काठमाडौं ६ – शिशिर खनाल
(५) चितवन २ – रवि लामिछाने
(६) ललितपुर ३ – डा. तोसिमा कार्की
(७) चितवन १ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
(१) बाँके २ – धवलसमशेर जबरा
(२) जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
(३) मकवानपुर १ – दीपकबहादुर सिंह
(४) झापा ३ – राजेन्द्र लिङ्देन

लोकतान्त्रिक समाजवादी पार्टी
(१) रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
(२) सर्लाही १ – रामप्रकाश चौधरी

नागरिक उन्मुक्ति पार्टी
(१) कैलाली ३ – गंगाराम चौधरी
(२) कैलाली १ – रञ्जिता श्रेष्ठ

जनता समाजवादी पार्टी (जसपा)
(१) पर्सा १ – प्रदीप यादव
(२) सप्तरी १ –नवलकिशोर साह

राष्ट्रिय जनमोर्चा
(१) बाग्लुङ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)
(१) भक्तपुर १ – प्रेम सुवाल

जनमत पार्टी
(१) डा. सीके राउत

स्वतन्त्र
(१) बर्दिया २ – लालवीर चौधरी
(२) मोरङ ५ – योगेन्द्र मण्डल
(३) रौतहट ३ – प्रभु साह
(४) सर्लाही ४ – अमरेशकुमार सिंह
(५) रौतहट २ – किरणकुमार साह

सिफारिस

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखिएका छन् । आगलागी, तातो पदार्थ, विद्युत्, रसायन तथा अन्य कारणबाट हुने जलनमा...

भर्खरै

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का...

धेरै पढिएको