समानुपातिक मतगणना बिहानी अपडेट: अहिलेसम्म कुन दलले कति पाए ?

काठमाडौं – यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।

शुक्रबार बिहान आठ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २७ लाख ७२ हजार ९८५ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ४३ हजार २९६ मत ल्याएको छ ।

नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । माओवादी केन्द्रले ११ लाख ६१ हजार १७३ मत पाएको छ । यस्तै, ११ लाख १९ हजा ४१६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८५ हजार ८८७ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) चार लाख २० हजार ९२८ मत पाउँदै छौटौँ स्थानमा छ ।

जनमत पार्टी तीन लाख ९४ हजार ३४० मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख ९४ हजार १८ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी दुई लाख ७१ हजार ६५७ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख ६७ हजार २७८ मतसहित दशौँ स्थानमा छ । अरू पार्टीले एक लाखभन्दा कम मत पाएका छन् । अहिलेसम्म एक करोड तीन लाख ७९ हजार ३५८ मत गनिएको छ ।

निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार मंसिर ४ को निर्वाचनमा कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० जनामध्ये ६१ प्रतिशत मतदानमा सहभागी भएका छन्। यस हिसाबले चुनावमा १ करोड ९ लाख ७० हजारभन्दा बढी मतदान भएको देखिन्छ। तर यसमध्ये ३ लाख हाराहारी मत बदर भएको अनुमान आयोगले गरेको छ।

अब खसेको कूल मत १ करोड ९ लाख ७० हजारबाट बदर मत ३ लाख घटाउँदा कूल सदर मत १ करोड ६ लाख ७० हजार आसपास हुन्छ। यसको ३ प्रतिशतलाई थ्रेस होल्ड सीमा मानिएको छ। अर्थात् थ्रेस होल्ड कटाउन दलहरूले ३ लाख २० हजारभन्दा बढी मत प्राप्त गर्नुपर्ने देखिन्छ। प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकको थ्रेस होल्ड पार गर्ने पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाउने प्रावधान छ। प्रत्यक्षतर्फ एउटा पनि सिट नजितेको तर समानुपातिकमा थ्रेस होल्ड कटाएका दलले राष्ट्रिय दलको मान्यता नपाए पनि मतको संख्याअनुसार सिट भने पाउने व्यवस्था छ। जुन दलले थ्रेस होल्ड कटाउन सक्दैनन्, ती दलले पाएका समानुपातिक मत भने गणना गरिँदैन अर्थात् खेर जान्छ।

अहिलेसम्म प्रत्यक्षतर्फ सिट जितेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउनेगरी पर्याप्त समानुपातिक मत प्राप्त गरिसकेका छन्।

प्रत्यक्षतर्फ १० सिट जिते पनि सत्तारुढ नेकपा एकीकृत समाजवादीले भने अझै समानुपातिक मतको संख्या ३ लाख पनि पुर्‍याउन सकेको छैन। यो खबर लेख्दासम्म उसले २ लाख ९४ हजार १८ मत मात्र ल्याएको छ।

अब गन्न बाँकी समानुपातिक मत धेरै छैन। अहिलेसम्म १ करोड ३ लाख ७९ हजार ३ सय ५८ समानुपातिक मत सदर भइसकेको अवस्थामा यसलाई कूल सदर मत १ करोड ९ लाख ७० हजारबाट घटाउँदा २ लाख ९० हजार ६ सय ४२ बाँकी रहन्छ। अब यही सेरोफेरोमा समानुपातिक मत गन्न बाँकी रहेको अनुमान गर्न सकिन्छ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको