बाजुरा, स्याङ्जा र दोलखा अपडेट: कहाँ कसको अग्रता ?

काठमाडौं – बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । सुरुदेखि नै अगाडि रहेका पाण्डेले पाँच हजार ४१९ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उमेदवार कर्णबहादुर थापाले चार हजार १२९ मत ल्याएका छन् । उनीहरूबीच एक हजार २९० को मतान्तर छ ।

उता, दोलखामा गत मंसिर ४ गते भएको संसदीय निर्वाचनको मतगणना हिजो रातिदेखि जारी छ । निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मत परिणामअनुसार दोलखामा सत्ता गठबन्धनका तर्फबाट उमेदवार रहेका नेकपा (माओवादी केन्द्र)का गंगा कार्कीले अग्रता कायम गरेका छन् ।

कार्कीले अहिलेसम्म एक हजार ६५४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण सिवाकोटीले ९११ मत पाएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश पोखरेलले ११८ मत पाएका छन् ।

त्यस्तै, स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् ।

उनलाई पछ्याइरहेकी नेकपा (एमाले)की उमेदवार पद्मा अर्यालले नौ हजार ५०१ मत पाएकी छन् । अर्यालले यसअघि सार्वजनिक मत परिणामको तुलनामा मतान्तर घटाएकी छन् । अहिले अर्याल गुरुङभन्दा दुई हजार ४१८ मतले पछाडि छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पाँच हजार १९२ मत ल्याएका छन् ।

सिफारिस

भक्तपुरमा मंसिर १२ गते ‘म्युजिक जात्रा–ख्वप’ हुँदै, नाफाको ५० प्रतिशत समाजसेवामा

भक्तपुर - भक्तपुरमा पहिलोपटक ठूलो स्तरको परोपकारी सांगीतिक महोत्सव ‘म्युजिक जात्रा–ख्वप’ आयोजना हुने भएको छ । लुपिक्स इन्टरटेनमेन्ट, दृष्टिकोण र रोयल इभेन्ट्सको आयोजनामा आगामी...

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ । द स्टोरी किचेन र...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी गुरुङले सेप्टेम्बर २७, २०२६...

भर्खरै

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को...

एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि...

धापाखेलमा ढलेको साढे दुई तले पक्की घर (तस्वीरहरू)

ललितपुर - अविरल वर्षाका कारण जमिन भासिँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

​काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य...

प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सुरु, दौडमा निर्मला र अर्जुन बने प्रथम

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले...

धेरै पढिएको