बाजुरा, स्याङ्जा र दोलखा अपडेट: कहाँ कसको अग्रता ?

काठमाडौं – बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । सुरुदेखि नै अगाडि रहेका पाण्डेले पाँच हजार ४१९ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उमेदवार कर्णबहादुर थापाले चार हजार १२९ मत ल्याएका छन् । उनीहरूबीच एक हजार २९० को मतान्तर छ ।

उता, दोलखामा गत मंसिर ४ गते भएको संसदीय निर्वाचनको मतगणना हिजो रातिदेखि जारी छ । निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मत परिणामअनुसार दोलखामा सत्ता गठबन्धनका तर्फबाट उमेदवार रहेका नेकपा (माओवादी केन्द्र)का गंगा कार्कीले अग्रता कायम गरेका छन् ।

कार्कीले अहिलेसम्म एक हजार ६५४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण सिवाकोटीले ९११ मत पाएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश पोखरेलले ११८ मत पाएका छन् ।

त्यस्तै, स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् ।

उनलाई पछ्याइरहेकी नेकपा (एमाले)की उमेदवार पद्मा अर्यालले नौ हजार ५०१ मत पाएकी छन् । अर्यालले यसअघि सार्वजनिक मत परिणामको तुलनामा मतान्तर घटाएकी छन् । अहिले अर्याल गुरुङभन्दा दुई हजार ४१८ मतले पछाडि छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पाँच हजार १९२ मत ल्याएका छन् ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको