बाजुरा, स्याङ्जा र दोलखा बिहानी अपडेट: कसले कति मत ल्याए ?

अहिले तीन जिल्लाको मत गणना जारी रहेको छ।  स्याङ्जा निर्वाचन क्षेत्र २ को पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका धनराज गुरूङले अग्रता कायमै राखेका छन्। उनले नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई २२१३ मतले पछि पार्दै अग्रता कायम राखेका हुन्।

कांग्रेसका गुरुङले २२ हजार ४८० मत र एमालेकी अर्यालको २० हजार २६७ मत पाएको निर्वाचन आयोगले जनाएको छ।यस्तै स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ७ हजार २३८ मत पाएका छन्।

त्यस्तै, बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन्। कांग्रेसका उम्मेदवार पाण्डेले दुई हजार ७ सय ४९ मतले अग्रता लिएका छन्।

उनले ९ हजार ९ सय ५९ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले ७ हजार २ सय १० मत प्राप्त गरेका छन्।

उता, दोलखामा नेकपा (माओवादी केन्द्र)का उमेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणाम अनुसार यहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ७ हजार ९ सय ९५ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ७ हजार २ सय ९५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उनीहरुबीच ७ सय मतको अन्तर रहेको छ। अहिलेसम्म १७ हजार २ सय ७२ मत गणना भएको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। उनका अनुसार यहाँ ६ सय ८८ मत बदर भएको छ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको