समानुपातिक मतगणना बिहानी अपडेट: कसले कति मत पाए ?

मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ।

शनिबार बिहान साढे ७ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभातर्फ अब ३ क्षेत्रको मात्र अन्तिम परिणाम आउन बाँकी छ। जसमध्ये २ क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ भने एकमा माओवादी केन्द्रले अग्रता बनाएको छ।

यता समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ। पछिल्लो परिणाम अनुसार गणना भएको १ करोड ३ लाख ९२ हजार ९३४ सदर मतमा एमालेले २७ लाख ७९ हजार ८६ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ४८ हजार ४१ मत ल्याएको छ ।

नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ। माओवादी केन्द्रले ११ लाख ६१ हजार ४०८ मत पाएको छ। यस्तै, ११ लाख २१ हजार १५५ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख ८६ हजार २७ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) ४ लाख २० हजार ९३८ मत पाउँदै छौटौँ स्थानमा छ ।

जनमत पार्टी ३ लाख ९४ हजार ३६८ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) २ लाख ९४ हजार ८३ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी २ लाख ७१ हजार ६५८ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १ लाख ६७ हजार २७८ मतसहित दशौँ स्थानमा छ।

अन्य दलले १ लाखभन्दा बढी मत कटाएका छैनन्। यो निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको थियो ।

राजनीतिक दल सम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।

प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ ।

हेर्नुहोस् कुन दलले कति मत पाए?

नेपाल कम्युनिष्ट पार्टी (एमाले) – २७,७९,०७६
नेपाली काँग्रेस – २६,४८,०४१
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) -११,६१,४०८
राष्ट्रिय स्वतन्त्र पार्टी -११,२१,१५५
राष्ट्रिय प्रजातन्त्र पार्टी – ५,८६,०२७
जनता समाजवादी पार्टी, नेपाल -४,२०,९३८
जनमत पार्टी -३,९४,३६८
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) -२,९४,०८३
नागरिक उन्मुक्ति पार्टी -२,७१,६५८
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल -१,६७,२७८

नेपाल मजदुर किसान पार्टी – ७५,०४९
हाम्रो नेपाली पार्टी – ५५,६०१
मंगोल नेशनल अर्गनाइजेशन -४८,५१८
राष्ट्रिय जनमोर्चा – ४६,३५२
नेपाल संघीय समाजवादी पार्टी – ४१,८०६
नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी) -३०,४१३
राष्ट्रिय जनमुक्ति पार्टी – २३,८९४
जनता प्रगतिशिल पार्टी, नेपाल – १८,०४८
नेपाल आमा पार्टी- १७,८३२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च -१७,७९७
बहुजन एकता पार्टी नेपाल -१७,०६४
नेपाली काँग्रेस (बी.पी.) -१२,४७४
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल -१२,२६३
नेपाली जनता दल – ९,९७०
बहुजन शक्ति पार्टी – ९,४३५
नेपालका लागि नेपाली पार्टी – ८,३९६

नेपाल कम्युनिष्ट पार्टी – ७,९९७
नेपाल लोकतान्त्रिक पार्टी – ७,६९२
नेपाल जनता पार्टी – ७,५०६
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) – ७,३७२
मितेरी पार्टी नेपाल – ७,०४२
जनजागरण पार्टी नेपाल -६,५३५
आमूल परिवर्तन मसिहा पार्टी नेपाल – ६,४०६
तराई मधेश लोकतान्त्रिक पार्टी – ५,९६७
जनसमाजवादी पार्टी, नेपाल – ५,८६६

सामाजिक एकता पार्टी – ५,७७९
पिछडावर्ग निषाद दलित जनजाति पार्टी – ५,१००
विवेकशील साझा पार्टी – ४,०३४
एकीकृत शक्ति नेपाल – ३,७५७
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी – ३,६९४
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) – ३,४०३
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल – ३,३३०
मौलिक जरोकिलो पार्टी – ३,२१३
नेपाल समावेशी पार्टी -२,९५०
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन -२,१९१
राष्ट्रिय नागरिक पार्टी -२,१४१
नेश्‍नलिष्ट पिपल्स पार्टी – २,०१५

सिफारिस

भक्तपुरमा मंसिर १२ गते ‘म्युजिक जात्रा–ख्वप’ हुँदै, नाफाको ५० प्रतिशत समाजसेवामा

भक्तपुर - भक्तपुरमा पहिलोपटक ठूलो स्तरको परोपकारी सांगीतिक महोत्सव ‘म्युजिक जात्रा–ख्वप’ आयोजना हुने भएको छ । लुपिक्स इन्टरटेनमेन्ट, दृष्टिकोण र रोयल इभेन्ट्सको आयोजनामा आगामी...

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ । द स्टोरी किचेन र...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी गुरुङले सेप्टेम्बर २७, २०२६...

भर्खरै

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को...

एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि...

धापाखेलमा ढलेको साढे दुई तले पक्की घर (तस्वीरहरू)

ललितपुर - अविरल वर्षाका कारण जमिन भासिँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

​काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य...

प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सुरु, दौडमा निर्मला र अर्जुन बने प्रथम

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले...

धेरै पढिएको