काठमाडौं – दाेलखामा एमालेका बालकृष्ण शिवाकोटीले लिड गरेका छन् ।३६ हजार ३३६ मत गनिसक्दा एमालेका शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् ।
माओवादीका गङ्गा कार्कीले १४ हजार ७११ मत पाएका छन् । शिवाकोटी १५०३ मतले अगाडि छन् । यसअघि सुरुवातीदेखि नै माओवादीका कार्की अगाडि थिए ।
निर्वाचनमा धाधली भएको र पुन मतदान हुनु पर्ने मागपछि दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान भएको थियो ।
उता, एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको बाजुरामा मतगणना जारी छ। अहिलेसम्म गरिएको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता लिएका छन्।
पाण्डेले २६ हजार ८ सय ७४ मत ल्याएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २३ हजार ५ सय ८० मत ल्याएका छन्।
पाण्डे र थापाबीच ३ हजार २ सय ९४ को मतान्तर छ। राप्रपाका उम्मेदवार जंगकुमार गिरीले १६६ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ९३ मत ल्याएका छन्।
बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार नरेश कुमार शाही विजयी भएका छन् ।
शाहीले १० हजार ९ सय ७३ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बल्देब रेग्मीले ८हजार ६सय ३२मत प्राप्त गरे ।
शाही र रेग्मीबिचको मतान्तर दुई हजार तीन सय ४१ रहेको छ। त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विकले एक हजार ९८मत प्राप्त गरे ।
