दाेलखामा एमालेका शिवाकोटी अघि बढे, बाजुरामा के छ ?

काठमाडौं – दाेलखामा एमालेका बालकृष्ण शिवाकोटीले लिड गरेका छन् ।३६ हजार ३३६ मत गनिसक्दा एमालेका शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् ।

माओवादीका गङ्गा कार्कीले १४ हजार ७११ मत पाएका छन् । शिवाकोटी १५०३ मतले अगाडि छन् । यसअघि सुरुवातीदेखि नै माओवादीका कार्की अगाडि थिए ।

निर्वाचनमा धाधली भएको र पुन मतदान हुनु पर्ने मागपछि दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान भएको थियो ।

उता, एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको बाजुरामा मतगणना जारी छ। अहिलेसम्म गरिएको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता लिएका छन्।

पाण्डेले २६ हजार ८ सय ७४ मत ल्याएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २३ हजार ५ सय ८० मत ल्याएका छन्।

पाण्डे र थापाबीच ३ हजार २ सय ९४ को मतान्तर छ। राप्रपाका उम्मेदवार जंगकुमार गिरीले १६६ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ९३ मत ल्याएका छन्।

बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार नरेश कुमार शाही विजयी भएका छन् ।

शाहीले १० हजार ९ सय ७३ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बल्देब रेग्मीले ८हजार ६सय ३२मत प्राप्त गरे ।

शाही र रेग्मीबिचको मतान्तर दुई हजार तीन सय ४१ रहेको छ। त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विकले एक हजार ९८मत प्राप्त गरे ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको