एमालेका कर्ण थापालाई हराउँदै बाजुरामा कांग्रेसका बद्री पाण्डे निर्वाचित

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन्।

उनले ३१ हजार ७ सय ८६ मत ल्याएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापा पराजित भए। उनले २६ हजार ३ सय ४९ मत ल्याएका छन्।

कांग्रेसका बद्रीले ५ हजार ४ सय ३७ मतान्तरले एमालेका थापालाई हराएका हुन्। राप्रपाका उम्मेदवार जंगकुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ तथा जनसमाजवादी पार्टी नेपालका उम्मेदवार रामबहादुर शाहीले ७३ मत ल्याएका छन्।

बाजुराको प्रदेश सभा क्षेत्र १ मा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही विजयी भए भने प्रदेश सभा २ मा कांग्रेसका पदमबहादुर शाही विजयी भएका छन्।

यसअघि ०७४ को चुनावमा बाजुराबाट वाम गठबन्धनको साझा उम्मेदवार बनेर नेकपा एमालेका लालबहादुर थापा संघीय सांसदमा निर्वाचित भएका थिए।

बाजुरा प्रतिनिधिसभाको नतिजा सार्वजनिक भएसँगै १६५ क्षेत्रमध्ये १६४ सिटको परिणाम आइसकेको छ। अब दोलखाको मात्रै अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ।

एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की पछि परेका छन्। सुरूवाती अग्रता लिएका कार्की पछिल्लो समय नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवकोटीभन्दा पछि परेका हुन्।

शिवाकोटी १७ हजार ५ सय २८ मतसहित अघि छन् भने कार्कीले १५ हजार ७ सय मत ल्याएका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले २४६० मत ल्याएका छन्। मतगणना जारी छ। अहिलेसम्म ३९ हजार ३ सय ७९ मत गणना गरिएको छ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको