कहिले आउँछ समानुपातिकको अन्तिम मत परिणाम ? यस्तो छ पछिल्लो अपडेट

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ अन्तिम मतपरिणाम आउने बेला भएको छ। निर्वाचन आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार अब बाजुरा र दोलखामा खसेको समानुपातिक मत मात्र आयोगको सूचना प्रणालीमा प्रविष्ट गर्न बाँकी छ।

यसबाहेक देशभरबाट समानुपातिक मतको विवरण प्राप्त भइसकेको उनले जानकारी दिए। ‘बाजुरा र दोलखामा पनि मत गणना भइसकेको हुनुपर्छ’, सहायक प्रवक्ता अर्यालले सोमबार जिज्ञासामा भने, ‘तर त्यहाँबाट तथ्यांक हामीलाई पठाएका छैनन्, आज ताकेता गर्नुपर्छ।’ उनले अब २ दिनभित्रमा समानुपातिकको अन्तिम मत परिणाम आउने अनुमान गरे।

उनका अनुसार ती दुई जिल्लाको गरेर अब डेढ लाखजति मत आयोगको सूचना प्रणालीमा जोड्न बाँकी छ। समानुपातिकतर्फ अहिलेसम्म १ करोड ४ लाख २० हजार १ सय २५ मत सदर भएका छन्।

आयोगका सहायक प्रवक्ता अर्यालका अनुसार समानुपातिकतर्फ ४ प्रतिशतजति मत बदर भएका छन्। कूल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड पार गर्ने दलले मात्र सांसद निर्वाचित गर्न पाउँछन्। प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको दलले थ्रेसहोल्ड कटाएमा राष्ट्रिय दलको मान्यता पाउँछन्। अहिलेसम्म यो मान्यता सात दलले पाएका छन्। ती हुन्– नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनतमा समाजवादी पार्टी र जनमत पार्टी।

प्रत्यक्षतर्फ एक सिट मात्र जितेको जनमत पार्टीले पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउँदा १० सिट जितेको नेकपा एकीकृत समाजवादीले भने अझै थ्रेसहोल्ड छुन सकेको छैन। बाजुरा र दोलखाको गरेर करिब डेढ लाख मतको हिसाब मिलान गर्न बाँकी रहँदा एकीकृत समाजवादीले २ लाख ९४ हजार ३ सय ६२ मत (समानुपातिक) मात्र प्राप्त गरेको छ। आयोगका सहायक प्रवक्ता अर्यालका अनुसार कूल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड पार गर्न अहिलेसम्मको हिसाबले ३ लाख १७ देखि १८ हजारसम्म मत कटाउनुपर्ने देखाएको छ।

जसअनुरूप एकीकृत समाजवादीले थ्रेसहोल्ड पार गर्न अझै २४/२५ हजार मत पाउनुपर्ने देखिन्छ। समेट्न बाँकी मतबाट उसले यति ल्याउला भनेर भन्न कठिन छ। तर पनि अन्तिम नतिजा नआउँदासम्म यसै भन्न सकिन्न।

समानुपातिक निर्वाचनतर्फ सहभागी दलमध्ये सबैभन्दा धेरै मत ल्याएर नेकपा एमाले पहिलो बनेको छ। उसले यो खबर तयार पार्दासम्म २७ लाख ८८ हजार ३ सय ५६ मत पाएको छ। दोस्रो स्थानमा रहेर नेपाली कांग्रेसले अहिलेसम्म २६ लाख ६० हजार २ हजार ४६ समानुपातिक मत ल्याएको छ।

बाँकी विवरण सूचीमै हेर्नुहोस्
नेकपा एमाले
२७,८८,३५६
नेपाली कांग्रेस
२६,६०,२४६
एकल चिह्न गोलाकारभित्र हँसिया–हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी)
११,६२,१२४
राष्ट्रिय स्वतन्त्र पार्टी
११,२४,५४३
राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८६,६३८
जनता समाजवादी पार्टी, नेपाल
४,२०,९४६
जनमत पार्टी
३,९४,५२३

नेकपा एकीकृत समाजवादी
२,९४,३६२
नागरिक उन्मुक्ति पार्टी
२,७१,६६२
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,२८१
नेपाल मजदुर किसान पार्टी
७५,०५७
हाम्रो नेपाली पार्टी
५५,६१८
मंगोल नेसनल अर्गनाइजेसन
४८,८१८
राष्ट्रिय जनमोर्चा
४६,३८२
नेपाल संघीय समाजवादी पार्टी
४१,८०७
नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
३०,४१९
राष्ट्रिय जनमुक्ति पार्टी
२३,९२८
जनता प्रगतिशिल पार्टी, नेपाल
१८,०४८
एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी)
१७,८६४

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,७९७
बहुजन एकता पार्टी नेपाल
१७,०६५
नेपाली कांग्रेस (बीपी)
१२,४७८
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२,२७०
नेपाली जनता दल
९,९७६
बहुजन शक्ति पार्टी
९,४३५
नेपालका लागि नेपाली पार्टी
८,४०१
नेपाल कम्युनिस्ट पार्टी
७,९९७
नेपाल लोकतान्त्रिक पार्टी
७,६९२
नेपाल जनता पार्टी
७,५०६
नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७,३८०

मितेरी पार्टी नेपाल
७,०४३
जनजागरण पार्टी नेपाल
६,५३६
आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,४०९
तराई मधेश लोकतान्त्रिक पार्टी
५,९६८
जनसमाजवादी पार्टी, नेपाल
५,८७२
एकल चिह्न गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिस्ट पार्टी (समाजवादी/नेपाल दलित पार्टी)
५,७९६
पिछडावर्ग निषाद दलित जनजाति पार्टी
५,१०१
विवेकशील साझा पार्टी
४,०३९
एकीकृत शक्ति नेपाल
३,७७६
नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी
३,६९४
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३,४०४
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,३३२

मौलिक जरोकिलो पार्टी
३,२३५
नेपाल समावेशी पार्टी
२,९५२
नेपाल कम्युनिस्ट पार्टी परिवर्तन
२,१९१
राष्ट्रिय नागरिक पार्टी
२,१४३
नेस्ननलिस्ट पिपल्स पार्टी
२,०१५

सिफारिस

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले निरन्तरता पाउने भएको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरेको अनुदान सम्झौतालाई अमेरिकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ।...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

धेरै पढिएको