दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की निर्वाचित

दोलखा – दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कार्कीले ३६ हजार ७ सय ९५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ३ सय १८ रहेको छ ।

कार्कीलाई क्षेत्र नम्बर १ अन्तर्गतको पालिकाहरुबाट अत्याधिक मत प्राप्त भएर क्षेत्र २ बाट कम मत आएपनि अन्तिममा उनले आफ्नो पक्षमा जित निकालेरै छाडेका छन् । उनीहरुबीचको मतान्तर थोरै रहेको छ ।

क्षेत्र नम्बर १ मा पछि परेका शिवाकोटीले क्षेत्र २ मा कार्कीको भन्दा राम्रो मत पाएपनि जित्न सकेनन् । उनलाई बैतेश्वर र तामाकोशीको भार घटाएर थप मत प्राप्त गर्न सकस भएको हो ।

भीमेश्वर नगरपालिकाबाट उदायका शिवाकोटी तामाकोशी र बैतेश्वरमा पछि परेपछि बाँकी रहेका विगु, शैलुङ र मेलुङबाट उनलाई कार्कीलाई पछि पार्दै जित हासिल गर्न मत पुगेन । यद्धपी, उनले यो क्षेत्रमा गठबन्धनले भन्दा बढी मत पाएका छन्।

सो सँगै २०४८ सालदेखि राजनीतिमा सक्रिय रहेका जिल्लाका पुराना नेताले दोलखा विकासको अधिकार पाएका छन् । अहिले सम्म संसदीय पदमा नपुगेका कार्कीलाई पहिलो पटक दोलखाली जनताले जिताएर संसदमा पु¥याएका छन् ।

अब दोलखा विकासको जिम्मेवारी माओवादी नेता कार्कीको काँधमा आएको छ । उनी जिल्लाका प्रभावशाली, इमान्दार र निष्ठावान नेताका रुपमा परिचित छन् ।

प्रदेशसभातर्फ भने हिजै क्षेत्र १ मा कांग्रेसका केन्द्रिय सदस्य कुण्दनराज काफ्ले र २ बाट एमालेका भरत केसी निर्वाचित भइसकेका छन् । काफ्लेले भारी मतान्तरले एमालेका नरबहादुर श्रेष्ठलाई पराजित गरेका छन् भने केसीले कांग्रेसका बर्मा लामालाई पछि पार्दै जित निकालेका हुन् ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको