१६५ निर्वाचन क्षेत्रकै नजिता आयो, कुन दललाई कति सिट ?

काठमाडौं– मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रकै नजिता सार्वजनिक भएको छ। सोमबार बिहान दोलखाको नतिजा सार्वजनिक भएसँगै प्रत्यक्षतर्फको अन्तिम नतिजा पनि सार्वजनिक भएको हो।

प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसले सर्वाधिक ५७ सिट जितेको छ। २०७४ को निर्वाचनमा २३ सिट मात्रै जितेको कांग्रेसले यसपटक थप ३४ सिट जितेको छ।

प्रमुख दुई कम्युनिस्ट दल एमाले र माओवादी केन्द्रले भने उल्लेखनीय रुपमा सिट संख्या घटाएका छन्। २०७४ मा ८० सिट जितेको एमालेले यसपटक ४४ सिट मात्रै जितेको छ। उसले ३६ सिट कम जितेको हो। माओवादी केन्द्रले २०७४ मा ३६ सिट जितेकोमा यसपटक ठीक आधा अर्थात् १८ वटा मात्रै सिट जितेको छ।

दुई मधेस केन्द्रित दल लोसपा र जसपाले पनि सिट संख्या घटाएका छन्। २०७४ मा राजपाको रुपमा निर्वाचन लडेको अहिलेको लोसपाले ४ सिट मात्रै जितेको छ। जबकि, २०७४ मा उसले ११ सिट जितेको थियो।

२०७४ मा संघीय समाजवादी फोरमको रुपमा निर्वाचनमा होमिएको उपेन्द्र यादव नेतृत्वको दलले १० सिट जितेको थियो। यसपटक जसपाको रुपमा निर्वाचन लडेको सोही दलले जम्मा ७ सिट जितेको छ। अध्यक्ष उपेन्द्र यादव पनि पराजित भएका छन्।

२०७४ मा एक/एक सिट जितेका नेमकिपा र राष्ट्रिय जनमोर्चाले अहिले पनि एकएक सिट मात्रै जितेका छन्। त्यतिबेला एक सिट जितेको राप्रपाले अहिले ७ सिट जितेको छ। त्यतिबेला एक सिट जितेका स्वतन्त्र उम्मेदवारले यसपटक ५ सिट जितेका छन्।

एमाले विभाजन भएर गठन भएको एकीकृत समाजवादीले १० सिट जितेको छ। विभाजनका बेलामा ११ जना प्रत्यक्ष निर्वाचित सांसद एकीकृत समाजवादीतिर लागेका थिए। सोही संख्याको आधारमा पनि उसलाई १ सिट घाटा लागेको देखिन्छ।

नयाँ दलहरु राष्ट्रिय स्वतन्त्र पार्टीले ७, नागरिक उन्मुक्ति पार्टीले ३ र जनमत पार्टीले १ सिट जितेको छ। समानुपातिकतर्फको मत गणना जारी छ। पछिल्लो विवरणले सात वटा दल मात्रै राष्ट्रिय दल बन्ने सम्भावना देखिएको छ। एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टीले मात्रै तीन प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ। सोमबार बिहानसम्म समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार १२५ मत गणना भइसकेको छ।

सिफारिस

भक्तपुरमा मंसिर १२ गते ‘म्युजिक जात्रा–ख्वप’ हुँदै, नाफाको ५० प्रतिशत समाजसेवामा

भक्तपुर - भक्तपुरमा पहिलोपटक ठूलो स्तरको परोपकारी सांगीतिक महोत्सव ‘म्युजिक जात्रा–ख्वप’ आयोजना हुने भएको छ । लुपिक्स इन्टरटेनमेन्ट, दृष्टिकोण र रोयल इभेन्ट्सको आयोजनामा आगामी...

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ । द स्टोरी किचेन र...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी गुरुङले सेप्टेम्बर २७, २०२६...

भर्खरै

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को...

एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि...

धापाखेलमा ढलेको साढे दुई तले पक्की घर (तस्वीरहरू)

ललितपुर - अविरल वर्षाका कारण जमिन भासिँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

​काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य...

प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सुरु, दौडमा निर्मला र अर्जुन बने प्रथम

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले...

धेरै पढिएको