समानुपातिक साँझ अपडेट: कुन दलको कति पुग्यो ?

प्रतिनिधिसभा समानुपातिकतर्फको मत गणना अझै सकिएको छैन। प्रत्यक्षतर्फका सबै १६५ क्षेत्रको नतिजा आइसक्दा समानुपातिकतर्फ भने अझै अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी बसेको हो।

निर्वाचन आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बाजुरा र दोलखामा खसेका समानुपातिक मत गणना भइरहेको जानकारी दिए।

‘बाजुराको ८ हजारजति मत आयोगको सूचना प्रणालीमा प्रविष्ट भइसकेको छ’, सहायक प्रवक्ता अर्यालले सोमबार साँझ भने, ‘तर बाँकी मत गणना भइरहेको छ।’

उनका अनुसार दोलखामा त्यस्तै ८०/८५ हजार तथा बाजुरामा जम्मा ६५/७० हजार समानुपातिक मत खसेका छन्। दोलखाको भने अहिलेसम्म आयोगको सूचना प्रणालीमा प्रविष्ट गरिएको छैन। ‘आयोगले २ दिनभित्र गणना सक्न निर्देशन दिएको छ’, अर्यालले भने।

आयोगको तथ्यांकअनुसार समानुपातिकतर्फ अहिलेसम्म गणना गरिएकामध्ये १ करोड ४ लाख २८ हजार ९ सय ५८ मत सदर भएका छन्।

अहिलेसम्म ७ दलले मात्र थ्रेसहोल्ड (कूल सदर मतको ३ प्रतिशत) कटाएका छन्। प्रत्यक्षतर्फ पनि सिट जितेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड पार गरेका हुन्।

थ्रेसहोल्डभन्दा मुनि समानुपातिक मत पाउने दलले सांसद निर्वाचित गर्न पाउँदैनन्। अहिलेसम्म माथि उल्लिखित सात दलले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन्। राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकमा थ्रेसहोल्ड कटाउनुपर्छ।

गन्न बाँकी समानुपातिक मतबाट थप दलले थ्रेसहोल्ड कटाउने सम्भावना निकै कम छ। थ्रेसहोल्ड भेट्टाउन संघर्षरत नेकपा एकीकृत समाजवादीले पनि मत पुर्‍याउन निकै मुस्किल छ। आयोगका सहायक प्रवक्ता अर्यालका अनुसार थ्रेसहोल्ड भेट्न ३ लाख १७ हजारदेखि १८ हजारसम्म मत ल्याउनुपर्ने देखिएको छ। एकिन हिसाब भने सबै मत गनिसकेपछि निस्किन्छ।

अहिलेसम्म कुन दलले कति समानुपातिक मत पाए? हेर्नुहोस् ताजा सूची :
नेकपा एमाले
२७,९१,३६३
नेपाली कांग्रेस
२६,६५,२३८
एकल चिह्न गोलाकारभित्र हँसिया–हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी)
११,६२,८६५
राष्ट्रिय स्वतन्त्र पार्टी
११,२४,५५२
राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८६,६५९
जनता समाजवादी पार्टी, नेपाल
४,२०,९४६
जनमत पार्टी
३,९४,५२३
नेकपा एकीकृत समाजवादी
२,९४,४००
नागरिक उन्मुक्ति पार्टी
२,७१,६६३
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,२८२
नेपाल मजदुर किसान पार्टी
७५,०६३

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको