समानुपातिक साँझ अपडेट: कुन दलको कति पुग्यो ?

प्रतिनिधिसभा समानुपातिकतर्फको मत गणना अझै सकिएको छैन। प्रत्यक्षतर्फका सबै १६५ क्षेत्रको नतिजा आइसक्दा समानुपातिकतर्फ भने अझै अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी बसेको हो।

निर्वाचन आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बाजुरा र दोलखामा खसेका समानुपातिक मत गणना भइरहेको जानकारी दिए।

‘बाजुराको ८ हजारजति मत आयोगको सूचना प्रणालीमा प्रविष्ट भइसकेको छ’, सहायक प्रवक्ता अर्यालले सोमबार साँझ भने, ‘तर बाँकी मत गणना भइरहेको छ।’

उनका अनुसार दोलखामा त्यस्तै ८०/८५ हजार तथा बाजुरामा जम्मा ६५/७० हजार समानुपातिक मत खसेका छन्। दोलखाको भने अहिलेसम्म आयोगको सूचना प्रणालीमा प्रविष्ट गरिएको छैन। ‘आयोगले २ दिनभित्र गणना सक्न निर्देशन दिएको छ’, अर्यालले भने।

आयोगको तथ्यांकअनुसार समानुपातिकतर्फ अहिलेसम्म गणना गरिएकामध्ये १ करोड ४ लाख २८ हजार ९ सय ५८ मत सदर भएका छन्।

अहिलेसम्म ७ दलले मात्र थ्रेसहोल्ड (कूल सदर मतको ३ प्रतिशत) कटाएका छन्। प्रत्यक्षतर्फ पनि सिट जितेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड पार गरेका हुन्।

थ्रेसहोल्डभन्दा मुनि समानुपातिक मत पाउने दलले सांसद निर्वाचित गर्न पाउँदैनन्। अहिलेसम्म माथि उल्लिखित सात दलले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन्। राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकमा थ्रेसहोल्ड कटाउनुपर्छ।

गन्न बाँकी समानुपातिक मतबाट थप दलले थ्रेसहोल्ड कटाउने सम्भावना निकै कम छ। थ्रेसहोल्ड भेट्टाउन संघर्षरत नेकपा एकीकृत समाजवादीले पनि मत पुर्‍याउन निकै मुस्किल छ। आयोगका सहायक प्रवक्ता अर्यालका अनुसार थ्रेसहोल्ड भेट्न ३ लाख १७ हजारदेखि १८ हजारसम्म मत ल्याउनुपर्ने देखिएको छ। एकिन हिसाब भने सबै मत गनिसकेपछि निस्किन्छ।

अहिलेसम्म कुन दलले कति समानुपातिक मत पाए? हेर्नुहोस् ताजा सूची :
नेकपा एमाले
२७,९१,३६३
नेपाली कांग्रेस
२६,६५,२३८
एकल चिह्न गोलाकारभित्र हँसिया–हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी)
११,६२,८६५
राष्ट्रिय स्वतन्त्र पार्टी
११,२४,५५२
राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८६,६५९
जनता समाजवादी पार्टी, नेपाल
४,२०,९४६
जनमत पार्टी
३,९४,५२३
नेकपा एकीकृत समाजवादी
२,९४,४००
नागरिक उन्मुक्ति पार्टी
२,७१,६६३
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,२८२
नेपाल मजदुर किसान पार्टी
७५,०६३

सिफारिस

भक्तपुरमा मंसिर १२ गते ‘म्युजिक जात्रा–ख्वप’ हुँदै, नाफाको ५० प्रतिशत समाजसेवामा

भक्तपुर - भक्तपुरमा पहिलोपटक ठूलो स्तरको परोपकारी सांगीतिक महोत्सव ‘म्युजिक जात्रा–ख्वप’ आयोजना हुने भएको छ । लुपिक्स इन्टरटेनमेन्ट, दृष्टिकोण र रोयल इभेन्ट्सको आयोजनामा आगामी...

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ । द स्टोरी किचेन र...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी गुरुङले सेप्टेम्बर २७, २०२६...

भर्खरै

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को...

एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि...

धापाखेलमा ढलेको साढे दुई तले पक्की घर (तस्वीरहरू)

ललितपुर - अविरल वर्षाका कारण जमिन भासिँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

​काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य...

प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सुरु, दौडमा निर्मला र अर्जुन बने प्रथम

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले...

धेरै पढिएको