आयोगले सार्वजनिक गर्यो समानुपातिकतर्फको सिट संख्या, कुन दललाई कति ? (सूचीसहित)

निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ दलहरूले पाएको अन्तिम सिट संख्या सार्वजनिक गरेको छ।

बुधबार दिउँसो आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि र प्रदेश सभा समानुपातिकतर्फ सबैभन्दा धेरै सिट नेकपा (एमाले) ले पाएको छ।

एमालेले प्रदेश सभामा ७० सहित १०४ सिट पाएको छ। उसले प्रतिनिधि सभामा ३४ सिट पाएको छ। दोस्रोमा रहेको नेपाली कांग्रेसले प्रतिनिधि सभामा ३२ सिट पाएको छ भने प्रदेश सभामा ६४ सिट पाएको छ।

नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २९ सहित ४३ सिट जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा १३ सिट पाएको छ। प्रदेश सभामा उसले उम्मेदवारी दिएको थिएन।

प्रतिनिधि सभा तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेको नेकपा (एकीकृत समाजवादी)ले विभिन्न प्रदेश सभाहरूमा ९ सिट पाएको छ।

अरू दलले कति पाए सिट हेर्नुस्:

आयोगका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड पार गरेका हुन्।

समानुपातिक सांसद चुन्न पाएसँगै ती पार्टीले राष्ट्रिय दलको मान्यता पनि पाएका छन्। राष्ट्रिय दल बन्न प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकको थ्रेसहोल्ड कटाउनुपर्छ।

तर समानुपातिकमा सहभागी ४७ दलमध्ये ४० दलले थ्रेसहोल्ड पार गर्न सकेनन्। प्रत्यक्षतर्फ १० सिट जितेर पनि सत्तारुढ नेकपा एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन सकेन। उसले दुई लाख ९८ हजार ३ सय ९१ समानुपातिक मत पायो। तर थ्रेसहोल्ड नकटेपछि त्यो मत खेर गएको छ।

नागरिक उन्मुक्ति पार्टीले पनि २ लाख ७१ हजार ७ सय २२ सम्म समानुपातिक मत ल्याएको थियो तर थ्रेसहोल्ड कटाउन सकेन। राष्ट्रिय दल बनेका सात दलमध्ये सबैभन्दा धेरै समानुपातिक मत एमालेले ल्याएको छ।

आयोगको तथ्यांकअनुसार उसले २८ लाख ४५ हजार ६ सय ४१ मत पाएको हो। दोस्रोमा नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ तथा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ समानुपातिक मत ल्याएको छ।

यसैगरी यही चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ११ लाख ३० हजार ३ सय ४४ समानुपातिक मत प्राप्त गरेको छ।

यस्तै राष्ट्रिय दलका मान्यता पाउन सफल राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३ सय १४ र जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ समानुपातिक मत प्राप्त गरेको आयोगले जनाएको छ।

सिफारिस

भक्तपुरमा मंसिर १२ गते ‘म्युजिक जात्रा–ख्वप’ हुँदै, नाफाको ५० प्रतिशत समाजसेवामा

भक्तपुर - भक्तपुरमा पहिलोपटक ठूलो स्तरको परोपकारी सांगीतिक महोत्सव ‘म्युजिक जात्रा–ख्वप’ आयोजना हुने भएको छ । लुपिक्स इन्टरटेनमेन्ट, दृष्टिकोण र रोयल इभेन्ट्सको आयोजनामा आगामी...

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ । द स्टोरी किचेन र...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी गुरुङले सेप्टेम्बर २७, २०२६...

भर्खरै

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को...

एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि...

धापाखेलमा ढलेको साढे दुई तले पक्की घर (तस्वीरहरू)

ललितपुर - अविरल वर्षाका कारण जमिन भासिँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

​काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य...

प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सुरु, दौडमा निर्मला र अर्जुन बने प्रथम

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले...

धेरै पढिएको