समानुपातिकतर्फको सिट संख्या : ६ प्रदेशमा एमाले पहिलो, अरु कसले कति पाए ?

निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ। समानुपातिक निर्वाचन प्रणालीमा सात राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ अर्थात् खसेको कूल सदर मतको न्यूनतम तीन प्रतिशत कटाएका छन्।

प्रतिनिधिसभामा सात राजनीतिक दलले ९२ लाख ७१ हजार सात सय १२ मत प्राप्त गरेका छन्। यसअनुसार नेकपा एमालेले कूल सदर मतको ३० दशमलव ६९ प्रतिशत मत प्राप्त गरी ३४ सिट प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २९ दशमलव २९ प्रतिशत मत प्राप्त गरी ३२ सिट पाएको छ।

यस्तै नेकपा माओवादी केन्द्रले कूल सदर मतको १२ दशमलव ६८ प्रतिशत मत प्राप्त गरी १४ सिट प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १२ दशमलव १९ प्रतिशत मत प्राप्त गरी १३ सिट पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ दशमलव ३५ मत प्राप्त गरी सात सिट, जनता समाजवादी पार्टीले ४ दशमलव ५४ मत प्राप्त गरी पाँच सिट र जनमत पार्टीले ४ दशमलव २६ मत प्राप्त गरी पाँच सिट प्राप्त गरेको छ।

सातै प्रदेशको मतपरिणामअनुसार निर्वाचनमा सहभागी दललाई आयोगले सिट बाँडफाँट गरेको छ।

प्रदेश नम्बर १
नेकपा एमालेले प्राप्त गरेको ३८ दशमलव ५५ प्रतिशत मत प्राप्त गरी १५ सिट प्राप्त गर्दा नेपाली कांग्रेसले ३२ दशमलव ६१ प्रतिशत मत प्राप्त गरी १२ सिट प्राप्त गरेको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ दशमलव ५ प्रतिशत मतले ४, नेकपा माओवादी केन्द्रले १० दशमलव ५ प्रतिशतले ४ सिट, जनता समाजवादी पार्टी, नेपालले ३ दशमलव ५ प्रतिशतले एक, नेकपा एकीकृत समाजवादीले ३ दशमलव २४ प्रतिशत मतले एक सिट प्राप्त गरेको छ। यस प्रदेशमा ६ राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ कटाएका छन्।

मधेस प्रदेश
यस प्रदेशमा १० राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन्। नेपाली कांग्रेसले २० दशमलव ४९ प्रतिशत मत प्राप्त गरी नौ सिट पाउँदा नेकपा एमालेले १८ दशमलव मतले ८ सिट प्राप्त गरेको छ। जनमत पार्टीले १६ दशमलव ८६ मत प्राप्त गरी ७ सिट प्राप्त गरेको छ भने जनता समाजवादीले १५ दशमलव ३ प्रतिशत मतले ७ सिट प्राप्त गरेको छ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले ९ दशमलव २६ प्रतिशत मत प्राप्त गरी ४ सिट, नेकपा एकीकृत समाजवादीले ५ दशमलव ८३ प्रतिशत मत प्राप्त गरी ३ सिट र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५ दशमलव ८ प्रतिशत मत प्राप्त गरी २ सिट प्राप्त गरेका छन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ दशमलव ३३ प्रतिशत मतले १, नेपाल सङ्घीय समाजवादी पार्टीले २ दशमलव ५७ मतले १ र नागरिक उन्मुक्ति पार्टीले २ प्रतिशत ५५ दशमलव मतले १ सिट प्राप्त गरेका छन्।

बागमती प्रदेश
यस प्रदेशमा सात राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन्। नेकपा एमालले ३२ दशमलव ३९ प्रतिशत मत प्राप्त गरी १४ सिट प्राप्त गर्दा नेपाली कांग्रेसले २७ दशमलव २४ प्रतिशत मत पाई १२ सिट प्राप्त गरेको छ।

त्यस्तै नेकपा माओवादी केन्द्रले १५ दशमलव ५५ प्रतिशत मत प्राप्त गरी ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ दशमलव ८३ प्रतिशत मतले ६ सिट प्राप्त गरेका छन्। यता, नेकपा एकीकृत समाजवादीले ३ दशमलव ७४ प्रतिशत मत र नेपाल मजदुर किसान पार्टीले ३ दशमलव ६८ प्रतिशत मत प्राप्त गरी समान २ सिट प्राप्त गरेका छन्। हाम्रो नेपाली पार्टीले २ दशमलव ५७ प्रतिशत मतले १ सिट संङ्ख्या प्राप्त गरेको छ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा चार राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएर प्रदेशसभा सदस्य प्राप्त गरेका छन्। नेकपा एमालेले ३९ दशमलव ०३ प्रतिशत मतले १० र नेपाली कांग्रेसले ३७ दशमलव ०८ प्रतिशत मतले ९ सिट प्राप्त गरेका छन्। नेकपा माओवादी केन्द्रले १२ दशमलव ४ प्रतिशत मतले ३ सिट र हाम्रो नेपाली पार्टीले ६ दशमलव ३१ प्रतिशत मतले दुई सिट प्राप्त गरेको छ।

लुम्बिनी प्रदेश
यस प्रदेशमा १० राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन्। नेकपा एमालेले ३२ दशमलव १२ प्रतिशत मतले ११ सिट र नेपाली कांग्रेसले २८ दशमलव १३ प्रतिशत मतले १० सिट सङ्ख्या प्राप्त गरेको छ। नेकपा माओवादी केन्द्रले ११ दशमलव १६ प्रतिशत मतले चार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ दशमलव १७ प्रतिशत मतले २, नागरिक उन्मुक्ति पार्टीले ७ दशमलव ०६ प्रतिशत मतले २ र जनमत पार्टीले ४ दशमलव ५९ प्रतिशत मतले २ सिट प्राप्त गरेका छन्।

त्यसैगरी जसपा नेपालले ३ दशमलव ४२ प्रतिशत मतले एक, नेकपा एकीकृत समाजवादीले २ दशमलव ४ प्रतिशत मतले १, लोसपा नेपालले २ दशमलव १२ प्रतिशत मतले १ र राष्ट्रिय जनमोर्चाले १ दशमलव ८४ प्रतिशत मतले १ सिट प्राप्त गरेका छन्।

कर्णाली प्रदेश
कर्णाली प्रदेशमा ६ राजनीतिक दलमध्ये ५ दलले सिट प्राप्त गरेका छन्। नेकपा एमालेले ३२ दशमलव ७१ प्रतिशत र नेपाली कांग्रेसले ३० दशमलव ३६ प्रतिशत मतले समान ५ सिट सङ्ख्या प्राप्त गरेका छन्।

नेकपा माओवादी केन्द्रले २४ दशमलव ४७ प्रतिशत मतले ४ सिट प्राप्त गरेका छन्। यस्तै नेकपा एकीकृत समाजवादीले ६ दशमलव ३७ प्रतिशत मत र राप्रपाले ४ दशमलव ४७ प्रतिशत मतले एक/एक सिट प्राप्त गरेका छन्।

सुदूरपश्चिम प्रदेश
यस प्रदेशमा ६ राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन्। नेकपा एमालेले ३२ दशमलव २३ प्रतिशत मतले ७ सिट गरेको छ। यस्तै नेपाली कांग्रेसले ३१ दशमलव ६३ प्रतिशत मतले ७ सिट प्राप्त गरेको छ।

नेकपा माओवादी केन्द्रले १४ दशमलव २५ प्रतिशत मतले ३ सिट र नागरिक उन्मुक्ति पार्टीले ११ दशमलव ५६ प्रतिशत मतले २ सिट प्राप्त गरेका छन्। यता नेकपा एकीकृत समाजवादीले ५ दशमलव १४ प्रतिशत मत र राप्रपाले ५ दशमलव १९ प्रतिशत मतले एक/एक सिट प्राप्त गरेका छन्। रासस

सिफारिस

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘म्याङ्गो राइड’ शुक्रबारदेखि सुरु भएको छ। ललितपुरको जाउलाखेलबाट सुरु भएको राइडको उद्घाटन नेपाल...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

धेरै पढिएको