समानुपातिकतर्फको सिट संख्या : ६ प्रदेशमा एमाले पहिलो, अरु कसले कति पाए ?

निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ। समानुपातिक निर्वाचन प्रणालीमा सात राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ अर्थात् खसेको कूल सदर मतको न्यूनतम तीन प्रतिशत कटाएका छन्।

प्रतिनिधिसभामा सात राजनीतिक दलले ९२ लाख ७१ हजार सात सय १२ मत प्राप्त गरेका छन्। यसअनुसार नेकपा एमालेले कूल सदर मतको ३० दशमलव ६९ प्रतिशत मत प्राप्त गरी ३४ सिट प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २९ दशमलव २९ प्रतिशत मत प्राप्त गरी ३२ सिट पाएको छ।

यस्तै नेकपा माओवादी केन्द्रले कूल सदर मतको १२ दशमलव ६८ प्रतिशत मत प्राप्त गरी १४ सिट प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १२ दशमलव १९ प्रतिशत मत प्राप्त गरी १३ सिट पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ दशमलव ३५ मत प्राप्त गरी सात सिट, जनता समाजवादी पार्टीले ४ दशमलव ५४ मत प्राप्त गरी पाँच सिट र जनमत पार्टीले ४ दशमलव २६ मत प्राप्त गरी पाँच सिट प्राप्त गरेको छ।

सातै प्रदेशको मतपरिणामअनुसार निर्वाचनमा सहभागी दललाई आयोगले सिट बाँडफाँट गरेको छ।

प्रदेश नम्बर १
नेकपा एमालेले प्राप्त गरेको ३८ दशमलव ५५ प्रतिशत मत प्राप्त गरी १५ सिट प्राप्त गर्दा नेपाली कांग्रेसले ३२ दशमलव ६१ प्रतिशत मत प्राप्त गरी १२ सिट प्राप्त गरेको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ दशमलव ५ प्रतिशत मतले ४, नेकपा माओवादी केन्द्रले १० दशमलव ५ प्रतिशतले ४ सिट, जनता समाजवादी पार्टी, नेपालले ३ दशमलव ५ प्रतिशतले एक, नेकपा एकीकृत समाजवादीले ३ दशमलव २४ प्रतिशत मतले एक सिट प्राप्त गरेको छ। यस प्रदेशमा ६ राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ कटाएका छन्।

मधेस प्रदेश
यस प्रदेशमा १० राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन्। नेपाली कांग्रेसले २० दशमलव ४९ प्रतिशत मत प्राप्त गरी नौ सिट पाउँदा नेकपा एमालेले १८ दशमलव मतले ८ सिट प्राप्त गरेको छ। जनमत पार्टीले १६ दशमलव ८६ मत प्राप्त गरी ७ सिट प्राप्त गरेको छ भने जनता समाजवादीले १५ दशमलव ३ प्रतिशत मतले ७ सिट प्राप्त गरेको छ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले ९ दशमलव २६ प्रतिशत मत प्राप्त गरी ४ सिट, नेकपा एकीकृत समाजवादीले ५ दशमलव ८३ प्रतिशत मत प्राप्त गरी ३ सिट र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५ दशमलव ८ प्रतिशत मत प्राप्त गरी २ सिट प्राप्त गरेका छन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ दशमलव ३३ प्रतिशत मतले १, नेपाल सङ्घीय समाजवादी पार्टीले २ दशमलव ५७ मतले १ र नागरिक उन्मुक्ति पार्टीले २ प्रतिशत ५५ दशमलव मतले १ सिट प्राप्त गरेका छन्।

बागमती प्रदेश
यस प्रदेशमा सात राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन्। नेकपा एमालले ३२ दशमलव ३९ प्रतिशत मत प्राप्त गरी १४ सिट प्राप्त गर्दा नेपाली कांग्रेसले २७ दशमलव २४ प्रतिशत मत पाई १२ सिट प्राप्त गरेको छ।

त्यस्तै नेकपा माओवादी केन्द्रले १५ दशमलव ५५ प्रतिशत मत प्राप्त गरी ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ दशमलव ८३ प्रतिशत मतले ६ सिट प्राप्त गरेका छन्। यता, नेकपा एकीकृत समाजवादीले ३ दशमलव ७४ प्रतिशत मत र नेपाल मजदुर किसान पार्टीले ३ दशमलव ६८ प्रतिशत मत प्राप्त गरी समान २ सिट प्राप्त गरेका छन्। हाम्रो नेपाली पार्टीले २ दशमलव ५७ प्रतिशत मतले १ सिट संङ्ख्या प्राप्त गरेको छ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा चार राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएर प्रदेशसभा सदस्य प्राप्त गरेका छन्। नेकपा एमालेले ३९ दशमलव ०३ प्रतिशत मतले १० र नेपाली कांग्रेसले ३७ दशमलव ०८ प्रतिशत मतले ९ सिट प्राप्त गरेका छन्। नेकपा माओवादी केन्द्रले १२ दशमलव ४ प्रतिशत मतले ३ सिट र हाम्रो नेपाली पार्टीले ६ दशमलव ३१ प्रतिशत मतले दुई सिट प्राप्त गरेको छ।

लुम्बिनी प्रदेश
यस प्रदेशमा १० राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन्। नेकपा एमालेले ३२ दशमलव १२ प्रतिशत मतले ११ सिट र नेपाली कांग्रेसले २८ दशमलव १३ प्रतिशत मतले १० सिट सङ्ख्या प्राप्त गरेको छ। नेकपा माओवादी केन्द्रले ११ दशमलव १६ प्रतिशत मतले चार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ दशमलव १७ प्रतिशत मतले २, नागरिक उन्मुक्ति पार्टीले ७ दशमलव ०६ प्रतिशत मतले २ र जनमत पार्टीले ४ दशमलव ५९ प्रतिशत मतले २ सिट प्राप्त गरेका छन्।

त्यसैगरी जसपा नेपालले ३ दशमलव ४२ प्रतिशत मतले एक, नेकपा एकीकृत समाजवादीले २ दशमलव ४ प्रतिशत मतले १, लोसपा नेपालले २ दशमलव १२ प्रतिशत मतले १ र राष्ट्रिय जनमोर्चाले १ दशमलव ८४ प्रतिशत मतले १ सिट प्राप्त गरेका छन्।

कर्णाली प्रदेश
कर्णाली प्रदेशमा ६ राजनीतिक दलमध्ये ५ दलले सिट प्राप्त गरेका छन्। नेकपा एमालेले ३२ दशमलव ७१ प्रतिशत र नेपाली कांग्रेसले ३० दशमलव ३६ प्रतिशत मतले समान ५ सिट सङ्ख्या प्राप्त गरेका छन्।

नेकपा माओवादी केन्द्रले २४ दशमलव ४७ प्रतिशत मतले ४ सिट प्राप्त गरेका छन्। यस्तै नेकपा एकीकृत समाजवादीले ६ दशमलव ३७ प्रतिशत मत र राप्रपाले ४ दशमलव ४७ प्रतिशत मतले एक/एक सिट प्राप्त गरेका छन्।

सुदूरपश्चिम प्रदेश
यस प्रदेशमा ६ राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन्। नेकपा एमालेले ३२ दशमलव २३ प्रतिशत मतले ७ सिट गरेको छ। यस्तै नेपाली कांग्रेसले ३१ दशमलव ६३ प्रतिशत मतले ७ सिट प्राप्त गरेको छ।

नेकपा माओवादी केन्द्रले १४ दशमलव २५ प्रतिशत मतले ३ सिट र नागरिक उन्मुक्ति पार्टीले ११ दशमलव ५६ प्रतिशत मतले २ सिट प्राप्त गरेका छन्। यता नेकपा एकीकृत समाजवादीले ५ दशमलव १४ प्रतिशत मत र राप्रपाले ५ दशमलव १९ प्रतिशत मतले एक/एक सिट प्राप्त गरेका छन्। रासस

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता–२०२६ आजदेखि भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ। चार...

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

भर्खरै

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

धेरै पढिएको