तोकियो राष्ट्रियसभाको निर्वाचनको मिति, राष्ट्रपति र उपराष्ट्रपतिको कहिले ?

राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव फागुनभित्र गर्न निर्वाचन आयोग र सरकारबीच छलफल भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल र आयोगका पदाधिकारीबीच भएको छलफलमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव फागुनभित्र सक्ने गरी छलफल भएको हो ।

‘मिति तय भएको छैन । कानुनी परामर्श गरेर मिति तय गर्ने कुरा भएको छ,’ आयुक्त रामप्रसाद भण्डारीले भने ।राष्ट्रियसभाको रिक्त रहेको सदस्यको भने माघ २७ मा चुनाव गर्ने सहमति भएको उनले बताए ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरुसँग आग्रह गरेका थिए ।

‘रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरुबिच छलफल गर्छौँ र हामी एउटा निष्कर्षमा पुगौला,’ प्रचण्डले निर्देशन दिँदै भने।

सो अवसरमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदैश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरे।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत उपस्थित थिए।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुले निर्वाचन आयोगको कामकार्वाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराएका थिए।

सिफारिस

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित...

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, देशभर विविध कार्यक्रमहरू गरी दिवस मनाइदैछ। वि.सं. १९८४ बैशाख १३ गते गोरखापत्रमा पहिलोपटक समाचारमूलक...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

धेरै पढिएको