गृहमन्त्री रवि लामिछानेको नागरिकताबारे सर्वोच्चले दियो यस्तो आदेश

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी सबै कागजात ७ दिनभित्र झिकाउन सर्वोच्चले आदेश दिएको छ।

शुक्रबार संवैधानिक इजलासले अन्तरिम आदेश बारे दुवै पक्षसँग छलफल गर्दै यस्तो आदेश दिएको हो।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले अन्तरिम आदेश भने जारी गरेन।

रविलाई संसदको रुपमा सपथग्रहण गर्न रोक लगाउन माग गरिएको थियो। तर रविले यसअघि नै सपथ गरिसकेकाले सर्वोच्चले खन्तरिम आदेश नदिए पनि रिटको छिटो टुंगो लगाउने गरी आदेश जारी भएको छ।

रविको नागरिकता विवादसम्बन्धी सबै कार्यालयबाट ७ दिनभित्रमा कागजात झिकाउन सर्वोच्चले आदेश दिएको छ।

रिटलाई अग्राधिकार प्रदान गरी छिटो निरुपण गर्नका लागि माघ ११ गते पेश गर्न भनिएको छ। उक्त दिनको पेशी सार्न नपाउने पनि सर्वोच्चको आदेशमा भनिएको छ।

दुवै पक्षलाई माघ ११ गतेभित्रमा लिखित वहस नोट बुझाउन पनि भनिएको छ। रवि लामिछानेको उम्मेदवारी सम्बन्धमा निर्वाचन आयोगबाट भएको सक्कल निर्णय ७ दिन भित्रमा कागजात मागा गरिएको छ।

इस्तै रविले २०७५ असार ६ गते अध्यागमन विभागमा पेश गरेको कागजात र सो सम्बन्धमा भएको कारबाही सम्बन्धि कागजात पनि गृह मन्त्रालय, अध्यागमन वा जिल्ला प्रशासन कार्यालयबाट ७ दिन भित्रमा झिकाउन आदेश दिएको छ।

यस्तै काठमाडौं जिल्ला प्रशासन कार्यालयले रविको नागरिकताका विषयमा अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले गरिरहेको अनुसन्धानको सक्कल फाइल पनि प्रहरी कार्यालयबाट झिकाएको छ।

सिफारिस

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ। वर्षाले भिजेको खेत, हिलोमा खुट्टा गाडेर धान रोपिरहेका किसान, र पृष्ठभूमिमा गुन्जिरहेको असारे भाकाले नेपाली...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही...

टी–२० शृंखला : नेपालसँग स्कटल्यान्ड पराजित

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० अन्तर्राष्ट्रिय (T20I) सिरिजमा पहिलो जित दर्ता गरेको छ। मंगलबार डन्डीस्थित टिटवुड मैदानमा भएको तेस्रो खेलमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

टी–२० शृंखला : नेपालसँग स्कटल्यान्ड पराजित

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०...

मन्त्रालय मातहत भएका कामको प्रगति सन्तोषजनक छैन, लक्ष्य भेट्ने गरि काम गर्नुस् : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय...

चर्चित गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक

काठमाडौँ – नेपाली संगीत क्षेत्रका अनुभवी तथा लोकप्रिय गायक...

 यातायात व्यवसायी सरोज सिटौला कांग्रेस प्रवेश

काठमाडौँ - नेपालका चर्चित यातायात व्यवसायी सरोज सिटौला नेपाली...

ब्राइट करियर ट्रेनिङ सेन्टरद्वारा बर्दघाटमा पहिलोपटक मन्टेश्वरी तथा इसिडी तालिम 

बर्दघाट, नवलपरासी — बर्दघाटस्थित ब्राइट करियर ट्रेनिङ सेन्टर प्रा....

धेरै पढिएको