मोदी बने माओवादीबाट सामान्य प्रशासन मन्त्री, अरु कसलाई के जिम्मेवारी ?

मोरङ–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित अमनलाल मोदी माओवादी केन्द्रबाट मन्त्री बन्ने भएका छन्। उनलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको माओवादी निकट स्रोतले जानकारी दिएको छ।

नयाँ मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी भइरहेको छ। प्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री लिएको माओवादी केन्द्रले मोदीलाई पनि मन्त्री बनाउने भएको हो।

त्यस्तै, पर्यटनमन्त्रीमा सुदन किराँती र सञ्चारमन्त्रीमा रेखा शर्माको नाम निश्चित भइसकेको छ। राज्यमन्त्रीको नाम भने अहिलेसम्म फाइनल भइसकेको छैन।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन मन्त्रीकाे टुंगाे लगाएकाे छ । पार्टी प्रवक्ता माेहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा जलस्रोत तथा सिँचाइ, उपाध्यक्ष विक्रम पाण्डेलाई शहरी विकास तथा अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधान कानुनमन्त्री बन्नेछन् । यस्तै दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने पक्का भएकाे श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रालय भागबन्डा टुंग्याएको छ। मंगलबार बसेको पार्टीको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको सहायक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनका अनुसार शिक्षामन्त्री, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीमा शिशिर खनाललाई पठाइने भएको छ। त्यस्तै, डोलप्रसाद अर्याल (डिपि) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ।

स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीलाई पठाउने जिम्मेवारी भएको बुर्लाकोटीले जानकारी दिए।

त्यस्तै, एमालेबाट परराष्ट्र मन्त्रीमा राष्ट्रिय सभा सदस्य विमला पौडेल राई र प्रतिनिधि सभा सदस्य पदम गिरी स्वास्थ्य मन्त्री बन्न लागेका छन्। बाँकी २ जनाको नाम टुंगो लाग्न बाँकी छ।

सिफारिस

टी–२० शृंखला : नेपालसँग स्कटल्यान्ड पराजित

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० अन्तर्राष्ट्रिय (T20I) सिरिजमा पहिलो जित दर्ता गरेको छ। मंगलबार डन्डीस्थित टिटवुड मैदानमा भएको तेस्रो खेलमा...

मन्त्रालय मातहत भएका कामको प्रगति सन्तोषजनक छैन, लक्ष्य भेट्ने गरि काम गर्नुस् : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो नभएको बताउनुभएको छ । ऊर्जा मन्त्रालयमा आज भएको उच्च व्यवस्थापन समूह...

चर्चित गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक

काठमाडौँ – नेपाली संगीत क्षेत्रका अनुभवी तथा लोकप्रिय गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक भएको छ। “तिमीलाई लान्छु म गाउमा फूलको डोलिमा”...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मन्त्रालय मातहत भएका कामको प्रगति सन्तोषजनक छैन, लक्ष्य भेट्ने गरि काम गर्नुस् : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय...

चर्चित गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक

काठमाडौँ – नेपाली संगीत क्षेत्रका अनुभवी तथा लोकप्रिय गायक...

 यातायात व्यवसायी सरोज सिटौला कांग्रेस प्रवेश

काठमाडौँ - नेपालका चर्चित यातायात व्यवसायी सरोज सिटौला नेपाली...

ब्राइट करियर ट्रेनिङ सेन्टरद्वारा बर्दघाटमा पहिलोपटक मन्टेश्वरी तथा इसिडी तालिम 

बर्दघाट, नवलपरासी — बर्दघाटस्थित ब्राइट करियर ट्रेनिङ सेन्टर प्रा....

बंगलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोडभन्दा बढी आम्दानी : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बंगलादेशमा...

तस्वीरमा हेर्नुस् लैंगिक तथा यौनिक अल्पसंख्यक समूहको ‘प्राइड परेड’

काठमाडौं - काठमाडौंमा शनिबार (जेठ ३१) ‘प्राइड परेड’ आयोजना...

धेरै पढिएको