पल शाहले पाए सफाई

काठमाडौं – जिल्ला अदालत तनहुँले अभिनेता पल साहलाई सफाई दिएको छ । नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हाे ।

तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि उनी जेल मुक्त भने हुने छैनन् । नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जेल मुक्त हुनेछन् । शाह करिब एक वर्षयता थुनामा छन् ।

ती गायिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका थिए । नाबालिग गायिकाले अदालतमा बयान फेर्दै शाहविरुद्धको आरोप झुटा भएको उल्लेख गरेकी थिइन् ।

गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बला’त्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो ।

पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा कलाकार शाह सहित पीडित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रिसोर्टमा थिए ।

त्यही दिन राति कलाकार शाह पीडितको कोठामा प्रवेश गरेर जबर्जस्ती गरेको उल्लेख थियो । रिसोर्टमा भएको त्यो दिनको अभिलेखले समेत कलाकार पल शाह जाहेरीमा उल्लेख गरिएको दिन त्यहाँ पुगेको र पीडितसमेत त्यही दिन रिसोर्टमा बसेको आरोपपत्रमा उल्लेख थियो ।

रिसोर्टका सञ्चालकले त्यो दिन कलाकारहरु रिसोर्टमा बसेको बयान त गरेका छन् नै, साथसाथै कलाकार शाहले मदिरा सेवन गरेका समेत उल्लेख थियो । पछि पीडित गायिकाले अभिव्यक्ति बदल्दै आफूमाथि बलात्कार नभएको भनी जिल्ला अदालतमा बयान गरेकी थिइन ।

नवलपुर जिल्ला अदालतबाट सफाई पाएपनि शाहको मुद्दा तनहुँ जिल्ला अदालतमा समेत विचाराधीन अवस्थामै रहेको छ । तनहुँ जिल्ला अदालतबाट समेत सफाई पाएको अवस्थामा र नवलपुर जिल्ला अदालतले तोकेको जेल सजाय काटेपछि भने उनी थुनामुक्त हुन सक्नेछन् ।

सिफारिस

पर्यटन बोर्डमा नेपालकै पहिलो ड्रोन फोटो प्रदर्शनी हुने 

काठमाडौँ — नेपालमै पहिलोपटक ड्रोन प्रविधिबाट खिचिएका तस्बिरहरूको विशेष फोटो प्रदर्शनी भोलिदेखि नेपाल पर्यटन बोर्डमा सुरु हुने भएको छ। तीन दिनसम्म चल्ने उक्त प्रदर्शनी...

प्रधान सेनापतिद्वारा सहायक रथी र महासेनानीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ — प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रकाश राज थापालाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। नेपाली सेनाको जंगी...

नेपालको प्रजातन्त्र वा लोकतन्त्र छाडातन्त्रमा विकास भइसकेको छ : शेखर कोइराला

काठमाडौं - नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालको प्रजातन्त्र एवम लोकतन्त्र छाडातन्त्रका रुपमा विकास भइसकेको बताएका छन् । मंगलबार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रधान सेनापतिद्वारा सहायक रथी र महासेनानीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ — प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उपरथी...

नेपालको प्रजातन्त्र वा लोकतन्त्र छाडातन्त्रमा विकास भइसकेको छ : शेखर कोइराला

काठमाडौं - नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालको प्रजातन्त्र...

क्रिसमस नजिकिँदै गर्दा मलहरू झिलिमिली (तस्वीरहरू)

ललितपुर — क्रिसमस पर्व नजिकिँदै जाँदा ललितपुरको लाबिम मल...

 क्रिकेटर हेमन्त धामी बिज एजुकेशनको ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्ध

भक्तपुर - अन्तर्राष्ट्रिय शिक्षा परामर्श क्षेत्रमा पृथक पहिचान बनाउँदै...

महासचिवलाई लिएर देउवा भेट्न किन पुगे ओली ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका...

लुम्बिनी प्रदेशको रुपन्देहीमा पर्यटन फोटो पत्रकारिता तालिम

रुपन्देही - लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई सशक्त बनाउने...

धेरै पढिएको