अन्नपूर्ण विद्या सदन स्कुलमा अवाकस प्रतियोगिता

काठमाडौं – बालबालिकाको मस्तिष्कलाई सक्रिय बनाउने अवाकस प्रतियोगिता सम्पन्न भएको छ । बालविकास तथा एनसीमास संस्थाको सहयोगमा शनिबार काठमाडौँको बनस्थली अन्नपूर्ण चोकमा रहेको अन्नपूर्ण विद्या सदन स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न गरिएको हो ।

सम्पन्न प्रतियोगितामा १ देखि ७ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता जनाएका थिए । अवाकस विद्यार्थीहरुका लागि प्रभावकारी भएको भन्दै अन्नपूर्ण विद्या सदन स्कुलले यहि बर्षदेखि नियमित पाठ्यक्रममा समाबेश गर्दै आएको छ ।

यसो हेर्दा यो अवाकस प्रणाली विद्यार्थीहरुको गणितलाई मात्र उपयुक्त हुन्छ जस्तो लाग्न सक्छ तर यसले विद्यार्थीको समग्र  मष्तिस्कलाई सक्रिय बनाई पढाइमा एकाग्र बनाउने काम पनि गर्ने भएकाले यो धेरै नै उपयोगी रहेको प्रिन्सिपल प्रकाश मरासिनीले बताए ।

अवाकस शैक्षिक प्रणालीले बालबालिकाहरुको ध्यान केन्द्रित गर्ने हुँदा अत्यन्त राम्रो र प्रभावकारी रहेको र अभिवाभक र विद्यार्थीले पनि उतिकै रुचाएको उनले बताए ।

त्यस्तै बालबालिकामा आएको सकरात्मक परिवर्तनका कारण अवाकस शैक्षिक प्रणाली अत्यन्त राम्रो भएको अभिभावकहरुले बताए ।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितिय समस्या समाधान गर्न सहज बनाउने, ध्यानलाई केन्द्रिकृत गराउने गर्दछ । विश्वका १ सय ३५ भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । नेपालमा यसको प्रयोग १५ बर्षदेखि भएपनि विश्वमा भने यसको प्रयोग २ हजार बर्ष पहिले नै गरिएको पाइएको छ । कतिपय विद्यालयहरुमा यसलाई नियमित पाठ्यक्रममा समाबेश गरी अध्यापन गराउँदै आइएको छ ।

सिफारिस

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३...

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २-२ गोलको बराबरीमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब...

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

काठमाडौँ - लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’...

नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ - नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक...

प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण...

धेरै पढिएको