अन्नपूर्ण विद्या सदन स्कुलमा अवाकस प्रतियोगिता

काठमाडौं – बालबालिकाको मस्तिष्कलाई सक्रिय बनाउने अवाकस प्रतियोगिता सम्पन्न भएको छ । बालविकास तथा एनसीमास संस्थाको सहयोगमा शनिबार काठमाडौँको बनस्थली अन्नपूर्ण चोकमा रहेको अन्नपूर्ण विद्या सदन स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न गरिएको हो ।

सम्पन्न प्रतियोगितामा १ देखि ७ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता जनाएका थिए । अवाकस विद्यार्थीहरुका लागि प्रभावकारी भएको भन्दै अन्नपूर्ण विद्या सदन स्कुलले यहि बर्षदेखि नियमित पाठ्यक्रममा समाबेश गर्दै आएको छ ।

यसो हेर्दा यो अवाकस प्रणाली विद्यार्थीहरुको गणितलाई मात्र उपयुक्त हुन्छ जस्तो लाग्न सक्छ तर यसले विद्यार्थीको समग्र  मष्तिस्कलाई सक्रिय बनाई पढाइमा एकाग्र बनाउने काम पनि गर्ने भएकाले यो धेरै नै उपयोगी रहेको प्रिन्सिपल प्रकाश मरासिनीले बताए ।

अवाकस शैक्षिक प्रणालीले बालबालिकाहरुको ध्यान केन्द्रित गर्ने हुँदा अत्यन्त राम्रो र प्रभावकारी रहेको र अभिवाभक र विद्यार्थीले पनि उतिकै रुचाएको उनले बताए ।

त्यस्तै बालबालिकामा आएको सकरात्मक परिवर्तनका कारण अवाकस शैक्षिक प्रणाली अत्यन्त राम्रो भएको अभिभावकहरुले बताए ।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितिय समस्या समाधान गर्न सहज बनाउने, ध्यानलाई केन्द्रिकृत गराउने गर्दछ । विश्वका १ सय ३५ भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । नेपालमा यसको प्रयोग १५ बर्षदेखि भएपनि विश्वमा भने यसको प्रयोग २ हजार बर्ष पहिले नै गरिएको पाइएको छ । कतिपय विद्यालयहरुमा यसलाई नियमित पाठ्यक्रममा समाबेश गरी अध्यापन गराउँदै आइएको छ ।

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको