एनआइसी आइडलको उपाधि आश्रेया र आज्ञालाई

काठमाडौँ – एनआइसी आइडलको उपाधि आश्रेया खड्गी र आज्ञा बस्नेतले जितेका छन्। शनिबार काठमाडौँको नागार्जनु-२ सानोभर्याङमा रहेको उक्त एकेडेमीको प्राङ्गणमा सम्पन्न ग्रान्ड फिनालेमा उनीहरुले उपाधि जितेका हुन्।

१०-१० जना प्रतिस्पर्धीलाई पछि पार्दै नृत्यतर्फ आश्रेया खड्गी प्रथम हुँदै उपाधि जितेकी हुन् भने सायुश्मा पन्त द्वितीय र समृद्धि श्रेष्ठले तृतीय स्थान हासिल गर्न सफल भइन् ।

त्यस्तै, गायनतर्फ आज्ञा बस्नेतले उपाधि जित्दा बिबिशा गुरुङ द्वितीय र प्रकृति सापकोटा तृतीय बनिन्। विजेताले क्रमश: ५०००/- ३०००/- २०००/- नगद, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा १०० जना भन्दा बढी विद्यार्थीबाट १०-१० जना फाइनलको लागि छनोट गरिएको थियो। प्रतियोगितामा निर्णायक मण्डलको भुमिकामा गायक लेखु सहयात्री र निमिसा घिमिरे (रनर अफ छमछमी) रहेका थिए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष युवराज अधिकारी, अतिथि, नागार्जुन नगरपालिका २ का वडा सदस्य चन्द्रिका बि.के
प्रिन्सिपल सुगन्ध राज रेग्मी, विभिन्न विद्यालयका प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमा अवाकस प्रतियोगिता पनि सम्पन्न गरिएको छ ।  कार्यक्रममा ४ र ५ कक्षाका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छानिएका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिगोगितामा सहभागी हुन पाउने छन्। विद्यालयले उक्त विषयलाई यहि बर्षदेखि बैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएको छ ।

सिफारिस

को हुन् एमालेबाट राष्ट्रियसभा सदस्यमा मनोनीत शाक्य ?

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा.अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन्। नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा...

विद्यार्थी भर्ना गर्दा एक महिनाको भन्दा बढी र अर्को कक्षामा भर्ना गर्दा शुल्क लिए कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा बढी लिन नपाउने भएका छन् । महानगरले बिहीबार एक...

नेपाली सेनाले माग्यो ठूलो संख्यामा दरखास्त (सूचनासहित)

काठमाडौं -नेपाली सेनाले सैन्य तथा विभिन्न ट्रेड फलोअर्सको रिक्त स्थान पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। आज बिहानै सेनाले एक सूचना प्रकाशित गर्दै ती पद...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

विद्यार्थी भर्ना गर्दा एक महिनाको भन्दा बढी र अर्को कक्षामा भर्ना गर्दा शुल्क लिए कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क...

नेपाली सेनाले माग्यो ठूलो संख्यामा दरखास्त (सूचनासहित)

काठमाडौं -नेपाली सेनाले सैन्य तथा विभिन्न ट्रेड फलोअर्सको रिक्त...

विदा भए प्रहरीका एआईजी सन्दीप र मीरा

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त...

यी चार प्रदेशमा आज मेघगर्जन र चट्याङसहित वर्षा हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

कस्तो रहला आजको मौसम ?

यतिबेला (बिहीबार बिहान) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश...

धेरै पढिएको