एनआइसी आइडलको उपाधि आश्रेया र आज्ञालाई

काठमाडौँ – एनआइसी आइडलको उपाधि आश्रेया खड्गी र आज्ञा बस्नेतले जितेका छन्। शनिबार काठमाडौँको नागार्जनु-२ सानोभर्याङमा रहेको उक्त एकेडेमीको प्राङ्गणमा सम्पन्न ग्रान्ड फिनालेमा उनीहरुले उपाधि जितेका हुन्।

१०-१० जना प्रतिस्पर्धीलाई पछि पार्दै नृत्यतर्फ आश्रेया खड्गी प्रथम हुँदै उपाधि जितेकी हुन् भने सायुश्मा पन्त द्वितीय र समृद्धि श्रेष्ठले तृतीय स्थान हासिल गर्न सफल भइन् ।

त्यस्तै, गायनतर्फ आज्ञा बस्नेतले उपाधि जित्दा बिबिशा गुरुङ द्वितीय र प्रकृति सापकोटा तृतीय बनिन्। विजेताले क्रमश: ५०००/- ३०००/- २०००/- नगद, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा १०० जना भन्दा बढी विद्यार्थीबाट १०-१० जना फाइनलको लागि छनोट गरिएको थियो। प्रतियोगितामा निर्णायक मण्डलको भुमिकामा गायक लेखु सहयात्री र निमिसा घिमिरे (रनर अफ छमछमी) रहेका थिए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष युवराज अधिकारी, अतिथि, नागार्जुन नगरपालिका २ का वडा सदस्य चन्द्रिका बि.के
प्रिन्सिपल सुगन्ध राज रेग्मी, विभिन्न विद्यालयका प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमा अवाकस प्रतियोगिता पनि सम्पन्न गरिएको छ ।  कार्यक्रममा ४ र ५ कक्षाका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छानिएका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिगोगितामा सहभागी हुन पाउने छन्। विद्यालयले उक्त विषयलाई यहि बर्षदेखि बैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएको छ ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको