काठमाडौँ – हनी बी स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न गरिएको छ । काठमाडौँको टोखा-७ बसुन्धरामा रहेको उक्त स्कुलमा शनिबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो ।

कार्यक्रममा १ देखि ३ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । स्कुलले सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरेको थियो। प्रतियोगितामा छानिएका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिगोगितामा सहभागी हुन पाउने छन्। विद्यालयले उक्त विषयलाई यहि बर्षदेखि बैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएको छ ।

यस्तै स्कुलले अभिभावकहरूलाई अभिमूखीकरण तालिम पनि दिएको छ। कसमस इन्टरनेसनल ट्रेनिङ्ग सेन्टरका प्रेरक वक्ताहरू रमेश पराजुली र रेशम पौडेलबाट उनीहरूलाई तालिम प्रदान गरिएको हो।

साहित्य क्षेत्रमा पनि उत्तिकै कलम चलाउने हनी बी स्कुलकी फाउन्डर प्रिन्सिपल कमला घिमिरे अधिकारीले अवाकसको क्षेत्रमा आफ्नो पनि १० बर्षको अनुभव रहेकाले विद्यार्थीलाई पनि केहि सिकाउनुपर्छ भनेर नै यो विषयलाई पठनपाठन सुरु गरेको बताइन्। अवाकसबारे अभिभावक कुन क्षेत्रको हुनुहुन्छ त्यहि अनुसारको प्रतिक्रिया दिने गरेको उनको भनाइ छ। अधिकारीको दुई वटा कृति ‘महको महलमा’ हाइकु संग्रह र ‘मामाघर’ बाल कविता संग्रह प्रकाशित छन्।

त्यसैगरी, अवाकसले बालबालिकाको ध्यान केन्द्रित गर्न धेरै सहयोग गरेको अभिभावकहरुले बताए । उनीहरुले आजको कार्यक्रममा आफ्ना बालाबालिकाले अवाकस प्रणालीबाट छिटो छरितो तरिकाले गणितीय समस्या समाधान गरेको प्रत्यक्ष देख्न पाउँदा झन् धेरै अवाकस सम्बन्धि जानकारी पाएको भन्दै खुसी व्यक्त गरे।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रिकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ ।

विश्वमा २ हजार बर्ष पहिले नै यसको प्रयोग गरिएको पाइए पनि नेपालमा बालविकास एनसीमासले १८ वर्षदेखि गर्दै आएको छ । धेरै जसो विद्यालयहरुले यस अवाकस प्रणालीलाई नियमित पाठ्यक्रममा समाबेश गरी अध्यापन गराउँदै आइएका छन्।


