गायिका रोसना राईको नयाँ गीत ‘आत्मा शान्ति’ सार्वजनिक गरिएको छ। उनकै शब्द संगीत र आवाजमा रहेको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो।
गीतमा गोपाल रसाईलीको एरेन्ज र गितार रहेको छ भने बासुरीमा नगेन्द्र राईले साथ दिएका छन्। गीतको रेकर्ड र मिक्सिङ दिनेश राज बाहकले गरेका हुन्।
गीतको भिडियो निर्देशन र सम्पादन गुरु भोटियाले गरेका हुन् भने भिडियोमा गायिका राईलाई नै देख्न सकिनेछ।