इडेन गार्डेन स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न (फोटो फिचर)

काठमाडौँ – इडेन गार्डेन स्कुलमा ‘स्कुल लेबल अवाकस प्रतियोगिता’ सम्पन्न गरिएको छ । भक्तपुरको बालकोटमा रहेको उक्त स्कुलमा शनिबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो ।

कार्यक्रममा १ देखि ७ कक्षासम्मका झन्डै ४ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छानिएका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिगोगितामा सहभागी हुन पाउने छन्। विद्यालयले उक्त विषयलाई बैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएको छ ।

कार्यक्रममा बोल्दै इडेन गार्डेन स्कुलका प्रिन्सिपल जय राईले अवाकस कक्षा निक्कै नै प्रभावकारी रहेको बताए । ‘अवाकसले विद्यार्थीहरूको गणितीय समस्या समाधानसंगै पढाइलाई धेरै नै सहयोग गरेको छ, सुरुमा अभिभावकलाई यो शिक्षाबारे बुझाउन गाह्रो परेको थियो तर हामी निरन्तर कार्यक्रमहरु गर्दै गयौं अहिले उहाँहरुले पनि यसको महत्वबारे बुझ्नु भएको छ ।,’ उनले भने।  आगामी वर्षहरू पनि यस प्रणालीलाई निरन्तर पठन पाठन गराउँदै लैजाने छौँ ।’

त्यसैगरी, अवाकसले गर्दा बालबालिकाहरुको गणितीय समस्या समाधानसंगै ध्यानलाई केन्द्रित गर्न धेरै सहयोग गरेको अभिभावकहरुले बताए । उनीहरुले आजको कार्यक्रममा आफ्ना बालाबालिकाले अवाकस प्रणालीबाट छिटो छरितो तरिकाले गणितीय समस्या समाधान गरेको प्रत्यक्ष देख्न पाउँदा म्याजिक जस्तो लागेको भन्दै खुसी व्यक्त गरे। ‘हामीले यस्तो सिक्न पाएनौं हाम्रा बालबालिकाले सिक्न पाए त्यसमा हामी धेरै नै खुसी छौं।, ‘ उनीहरुले भने।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रिकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ ।

विश्वमा २ हजार बर्ष पहिले नै यसको प्रयोग गरिएको पाइए पनि नेपालमा बालविकास एनसीमासले १८ वर्षदेखि गर्दै आएको छ । धेरै जसो विद्यालयहरुले यस अवाकस प्रणालीलाई नियमित पाठ्यक्रममा समाबेश गरी अध्यापन गराउँदै आएका छन्।

सिफारिस

यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट विभाजित अशोक राई नेतृत्व ‘जनता समाजवादी पार्टी’ले पदाधिकारी र केन्द्रीय समितिको टुंगो लगाएको छ...

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी र...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । अधिकारीको पक्षमा उभिएका ३० सांसद उभिएपछि विश्वासको मत पाएको घोषणा गरिदिएका छन्। प्रदेशसभामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत...

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

धेरै पढिएको