गण्डकी पब्लिक स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न

काठमाडौँ – गण्डकी पब्लिक बोर्डिङ स्कुलमा ‘स्कुल लेबल अवाकस प्रतियोगिता’ सम्पन्न गरिएको छ । काठमाडौँको म्हेपीमा रहेको उक्त स्कुलमा सोमबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो ।

कार्यक्रममा १ देखि ७ कक्षासम्मका  विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छानिएका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिगोगितामा सहभागी हुन पाउने छन्। विद्यालयले उक्त विषयलाई बैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएको छ ।

कार्यक्रममा बोल्दै गण्डकी पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल आरसी भट्टले अवाकस कक्षा निक्कै नै प्रभावकारी रहेको बताए । ‘अवाकसले विद्यार्थीहरूको गणितीय समस्या समाधानसंगै पढाइलाई धेरै नै सहयोग गरेको छ,’उनले भने।

त्यस्तै, शैक्षिक निर्देशक कृष्णप्रसाद देवकोटाले अवाकसले विद्यार्थीको समग्र मष्तिस्कलाई सक्रिय बनाउन धेरै नै सहयोग गरेको बताए। ‘आजको कार्यक्रमबाट यसको प्रभाव विद्यार्थीहरूमा कस्तो परेको छ भन्ने कुरा प्रत्यक्ष थाहा पाएका छौँ’ उनले भने।

त्यस्तै संयोजक सानु गुरुङले अभिवाभक र विद्यार्थीले पनि अवाकस निक्कै नै रुचाएको बताए । उनले यस प्रणालीलाई आगामी वर्षको लागि पनि नियमित पाठ्यक्रममा समाबेश गर्दै लैजाने समेत जानकारी जनाए।

त्यसैगरी, अवाकसले गर्दा बालबालिकाहरुको गणितीय समस्या समाधानसंगै ध्यानलाई केन्द्रित गर्न धेरै सहयोग गरेको अभिभावकहरुले बताए । उनीहरुले आजको कार्यक्रममा आफ्ना बालाबालिकाले अवाकस प्रणालीबाट छिटो छरितो तरिकाले गणितीय समस्या समाधान गरेको प्रत्यक्ष देख्न पाउँदा म्याजिक जस्तो लागेको भन्दै खुसी व्यक्त गरे। ‘हामीले यस्तो सिक्न पाएनौं हाम्रा बालबालिकाले सिक्न पाए त्यसमा हामी धेरै नै खुसी छौं।, ‘ उनीहरुले भने।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रिकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ ।

विश्वमा २ हजार बर्ष पहिले नै यसको प्रयोग गरिएको पाइए पनि नेपालमा बालविकास एनसीमासले १८ वर्षदेखि गर्दै आएको छ । धेरै जसो विद्यालयहरुले यस अवाकस प्रणालीलाई नियमित पाठ्यक्रममा समाबेश गरी अध्यापन गराउँदै आएका छन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको