लोसपाले बारा-२ बाट राजेन्द्र महतोलाई उठाउने

बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट राजेन्द्र महतो उठ्ने भएका छन्।

बिहीबार काठमाडौंमा बसेको लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले बारा २ को उपनिर्वाचनमा महतोतलाई उठाउने सर्वसम्मत निर्णय गरेको हो।

‘आज बसेको हाम्रो पार्टी कार्यकारिणी समितिको बैठकले नेता महतोलाई बारा २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ’, बैठकमा सहभागी एक नेताले भने, ‘उपेन्द्रजी बारा जाने भएपछि जनतामा ब्यापक असन्तुष्टि रहेछ। वहाँहरुकै अनुरोधमा महतोजीलाई पठाउने निर्णय भएको हो।’

महतो सम्भवत शुक्रबार नै चुनावी तयारीका लागि बारा २ मा पुग्ने भएका छन्। उनी मंसिर ४ को निर्वाचनमा सर्लाही २ माओवादीका उम्मेदवार महिन्द्र राय यादवसँग पराजित भएका थिए।

बारा २ मै सीके राउत नेतृत्वको जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने भएका छन्। मंसिर ४ को निर्वाचनमा माओवादी केन्द्रबाट उठेर जसपाका रामसहायप्रसाद यावदसँग ३५४ मतको झिनो अन्तरले पराजित उनी जनमत प्रवेश गर्दै चुनावी तयारी थालेका हुन्।

बारा २ बाट निर्वाचित रामसहाय गत चैत ३ गते भएको उपराष्ट्रपति निर्वाचनमा विजयी भएसँगै बारा २ को प्रतिनिधिसभा सिट अहिले खाली छ।

सिफारिस

भक्तपुरमा मंसिर १२ गते ‘म्युजिक जात्रा–ख्वप’ हुँदै, नाफाको ५० प्रतिशत समाजसेवामा

भक्तपुर - भक्तपुरमा पहिलोपटक ठूलो स्तरको परोपकारी सांगीतिक महोत्सव ‘म्युजिक जात्रा–ख्वप’ आयोजना हुने भएको छ । लुपिक्स इन्टरटेनमेन्ट, दृष्टिकोण र रोयल इभेन्ट्सको आयोजनामा आगामी...

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ । द स्टोरी किचेन र...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी गुरुङले सेप्टेम्बर २७, २०२६...

भर्खरै

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को...

एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि...

धापाखेलमा ढलेको साढे दुई तले पक्की घर (तस्वीरहरू)

ललितपुर - अविरल वर्षाका कारण जमिन भासिँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

​काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य...

प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सुरु, दौडमा निर्मला र अर्जुन बने प्रथम

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले...

धेरै पढिएको