‘कल्याणकारी कोष’ स्थापना गर्न जुट्दै रामेछापका कलाकार, बैशाख ९ गते सांस्कृतिक कार्यक्रम

काठमाडौं – रामेछाप सांस्कृतिक कलाकार समाजले ‘कलाकार कल्याणकारी कोष स्थापना’गर्ने भएको छ। नयाँवर्षको अवसरमा बैशाख ९ गते काठमाडौंमा कल्याणकारी कोष स्थापनाका लागि सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको समाजका अध्यक्ष कुमार कार्कीले जानकारी दिए।

अनामनगरमा शुक्रबार पत्रकार सम्मेलनमा गर्दै कार्कीले भने,‘नयाँ वर्षको अवसरमा बैशाख ९ गते सांस्कृतिक कार्यक्रम गर्न लागेका छौं। उक्त दिन नयाँ वर्षको शुभकामना आदानप्रदान, रामेछापबाट निर्वाचित सांसदलाई सम्मान, स्रष्टा सम्मान, संस्थागत कलाकारलाई सम्मान पनि गर्नेछौं।’उनले कला, साहित्य र सूचना एक आपसमा अपरिहार्य भएकाले सहकार्य गर्न सबैलाई आग्रह गरे।

सांस्कृतिक कार्यक्रमबाट उठेको रकमलाई कल्याणकारी कोषमा राखिने संस्थाका उपाध्यक्ष सन्ध्या सानुले जानकारी दिइन्। उनले भनिन्,‘हामी कार्य समिति र सदस्यबाट पनि कोषका लागि रकम उठाउँछौं। अन्य दातासँग पनि सहयोग जुटाउन लागि पर्छौं।’

जिल्लाबासी कलाकारलाई समस्या पर्दा सहयोग गर्ने उद्देश्यले हाललाई कम्तिमा ५ लाखको कोष स्थापना गर्न लागिएको महासचिव गोविन्द गौतमले जानकारी दिए। कलाकार कल्याणकारी कोष सञ्चालनको लागि नियमावली बनाएर अगाडि बढ्ने उनको भनाई छ। नेपाली कला क्षेत्रको विकास र प्रवर्द्धनमा लामो समयदेखि कलाक्षेत्रको श्रीवृद्धिमा योगदान गर्दै आएका कलाकार अति समस्यामा परेको समयमा आवश्यक सहयोग गरिने संस्थाले जनाएको छ। सानो रकमबाट कोष स्थापना भएपनि भविष्यका लागि कलाकारका लागि कोष लाभदायक बन्ने उनको भनाई छ।

गौतमका अनुसार उक्त कार्यक्रममा रामेछाप–काठमाडौं पत्रकार समाज मिडिया पार्टनर रहेको छ। रामेछाप सांस्कृतिक कलाकार समाज वि.स‌ं. २०६६ सालमा स्थापना भएको हो। संस्थाका रामेछापका ८ वटै स्थानीय तहमा समन्वय समितिसमेत रहेका छन्।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको