लोकेन्द्र बञ्जाराले ल्याए गजल संग्रह ‘पलक’

काठमाडौँ – लोकेन्द्र बञ्जाराको गजलसङ्ग्रह ‘पलक’ २०८० जेठ २७ गते शनिबार लोकार्पण भएको छ । सिटिम्याक्स हलमा भएको उक्त कार्यक्रममा प्रा.डा. कृष्णहरि बराल, गजलकार ललिजन रावल, गजलकारहरू क्रमशः बाबु त्रिपाठी, भरत पौडेल र लोकेन्द्र बञ्जाराले कृति लोकार्पण गरेका थिए ।

कार्यक्रमको सहजकर्ताका भूमिकामा रहेका गजलकार बाबु त्रिपाठीले वक्ताहरू क्रमशः प्रा.डा. कृष्णहरि बराल र गजलकार ललिजन रावललाई गजललेखनको विगतदेखि वर्तमानसम्मको अवस्था र पलकभित्रका गजलका शक्ति र सीमाका सम्बन्धमा प्रश्न गरेका थिए ।

प्रा.डा. कृष्णहरि बरालले गजलको सिद्घान्तका बारेमा धारणा राख्दै पलकभित्रका गजलहरू मार्मिक र ध्वन्यात्मक रहेको विचार प्रस्तुत गरे । नेपाली जनजीवनलाई नजिकबाट नियालेर लेखिएका बञ्जाराका गजलमा विषयको विविधता रहनु उनका गजलको शक्ति हो भन्ने विचार व्यक्त गरे । समालोचकका आँखाबाट हेर्दा पलकभित्रका गजलहरू स्तरीय रहेका र केही गजल लयगत रूपमा अझै मिलाउन सकिने धारणा बरालको रहेको थियो ।

अर्का वक्ता गजलकार ललिजन रावलले बहुलवादी समाजमा हरेक लेखकले आआफ्ना शैलीमा गजल प्रस्तुत गर्न सक्छन् भन्ने धारणा राखेका थिए । ‘गजलमा बाढी आएको’ भन्ने उक्तिलाई सम्बोधन गर्दै रावलले भने, ‘बाढीले माछा र भ्यागुता दुवै ल्याउन सक्छ, हामी गजल लेख्नेले माछा चिन्न सक्नुपर्छ भन्ने विचार प्रस्तुत गरे ।

लयको व्यवस्थापन नै गजलको बहर हो भन्दै नेपाली गजल साहित्यमा आएको नयाँ गजलसङ्ग्र ‘पलक’ पठन योग्य कृति रहेको विचार व्यक्त गरे । लेखक लोकेन्द्र बञ्जाराले केही गजल वाचन गरी कार्यक्रमको समापन गरेका थिए । गजलसङ्ग्रह ‘पलक’ लाई पेज टर्नर प्रालिले बजारमा ल्याएको हो ।

सिफारिस

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर...

भर्खरै

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

धेरै पढिएको