जाजरकोट भूकम्प : घरघरमा छिरेर खोज तथा उद्धार गर्दै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बलले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा खटिएर अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार जारी राखेको जनाएको छ।

परिचालित फौजले मृतकको शव तथा घाइतेहरुको उद्धार गरी अस्पताल पठाउने काम गरिरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ  ।

गए राति ११ः४७ बजे जाजरकोटको बारिकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएलगत्तै प्रभावित इलाकामा सशस्त्र प्रहरी खटिएको छ।

अहिलेसम्म जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जनाको मृत्यु भएको छ भने त्यतिकै संख्यामा घाइतेहरु रहेका छन् ।

भूकम्पमा परी गम्भीर घाइते भएका रुकुमपश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो ।

रुकुमपश्चिको आठबीसकोट नगरपालिकामा ५२ जनाको मृत्यु भएको छ भने आठबीसकोटमा ६० जना घाइते भएका छन् । तीमध्ये गम्भीर ३ जनालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।

सशस्त्र प्रहरीले २१ जनाको जिवितै उद्दार गर्न सफल भएको छ। उद्दारको लागि गृहमन्त्रालयको निर्देशनमा छिमेकी जिल्लाहरुबाट पनि सुरक्षाकर्मी परिचालन गरिसकिएको छ। काठमाडौंबाट सशस्त्र प्रहरीको मेडिकलसहितको टोली जाजरकोट उडेको छ।

सशस्त्रको अस्पतालबाट सप्रनाउ डा. रोशन पराजुलीको कमाण्डमा ९ जनाको टोली मेडिकल सामाग्री सहित सेनाको स्काई ट्रकमार्फत पश्चिम रुकुमको चौरजहारी उडेका छ।

प्रभावित इलाकामा ठूलो संख्यामा सशस्त्र प्रहरी खटिएको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए।

सिफारिस

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन आग्रह गरेको छ । बालबालिका, गर्भवती तथा सुत्केरी, मधुमेहलगायतका रोग भएका व्यक्तिलार्ई इनर्जी ड्रिङ्क्स...

प्रमाण दिँदा पनि एक महिनासम्म भेटिएन फोटो पत्रकार दिपेन्द्रको मोबाइल, प्रहरी अनुसन्धानमाथि प्रश्न

काठमाडौं - फोटो पत्रकार दीपेन्द्र महर्जनको चोरी भएको 'स्यामसङ ग्यालेक्सी एस२५ अल्ट्रा' मोबाइल एक महिना बितिसक्दा पनि फेला पर्न सकेको छैन। चोरीमा संलग्न व्यक्तिको...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा आगामी नोभेम्बर १ मा ‘प्रोफेसनल अचिभमेन्ट अवार्ड क्यानाडा २०२६’ आयोजना हुने भएको छ । क्यानाडा तथा...

भर्खरै

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका...

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक...

धेरै पढिएको