जाजरकोट भूकम्प : घरघरमा छिरेर खोज तथा उद्धार गर्दै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बलले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा खटिएर अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार जारी राखेको जनाएको छ।

परिचालित फौजले मृतकको शव तथा घाइतेहरुको उद्धार गरी अस्पताल पठाउने काम गरिरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ  ।

गए राति ११ः४७ बजे जाजरकोटको बारिकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएलगत्तै प्रभावित इलाकामा सशस्त्र प्रहरी खटिएको छ।

अहिलेसम्म जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जनाको मृत्यु भएको छ भने त्यतिकै संख्यामा घाइतेहरु रहेका छन् ।

भूकम्पमा परी गम्भीर घाइते भएका रुकुमपश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो ।

रुकुमपश्चिको आठबीसकोट नगरपालिकामा ५२ जनाको मृत्यु भएको छ भने आठबीसकोटमा ६० जना घाइते भएका छन् । तीमध्ये गम्भीर ३ जनालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।

सशस्त्र प्रहरीले २१ जनाको जिवितै उद्दार गर्न सफल भएको छ। उद्दारको लागि गृहमन्त्रालयको निर्देशनमा छिमेकी जिल्लाहरुबाट पनि सुरक्षाकर्मी परिचालन गरिसकिएको छ। काठमाडौंबाट सशस्त्र प्रहरीको मेडिकलसहितको टोली जाजरकोट उडेको छ।

सशस्त्रको अस्पतालबाट सप्रनाउ डा. रोशन पराजुलीको कमाण्डमा ९ जनाको टोली मेडिकल सामाग्री सहित सेनाको स्काई ट्रकमार्फत पश्चिम रुकुमको चौरजहारी उडेका छ।

प्रभावित इलाकामा ठूलो संख्यामा सशस्त्र प्रहरी खटिएको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको