उपनिर्वाचन: झन् बढाए सुहाङले कांग्रेस उम्मेदवारसँगको मतान्तर

उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ को मतगणना जारी छ। भर्खरै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले ८ हजार ८९८ मत ल्याएर पहिलो स्थानमा अग्रता कायम राखेका छन्।

उनलाई नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले पछ्याइरहेका छन्। खड्काले अहिलेसम्म ६ हजार २८० मत प्राप्त गरेका छन्।

उनीहरूबीचको मतान्तर २ हजार ६ सय १८ छ। एमाले उम्मेदबार सुहाङले कांग्रेसका खड्कासँगको मतान्तर झन् बढाउँदै लगेका छन्।

पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम तेस्रो स्थानमा छन्। उनले अहिलेसम्म चार हजार ६ सय ३४ मत ल्याएका छन्।

त्यस्तै, रास्वपाका मिलन लिम्बू चौथो स्थानमा छन्। उनले १ हजार ३०५ मत ल्याएका छन्।

इलाम २ मा अझै दुई तिहाई मत गन्न बाँकी छ। १ लाख १५ हजारभन्दा बढी मत भएको इलाम-२ मा ६९ हजार २ सय मत खसेको छ। यो कुल मतदाता संख्याको ६० प्रतिशत हो।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको