उपनिर्वाचन: झन् बढाए सुहाङले कांग्रेस उम्मेदवारसँगको मतान्तर

उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ को मतगणना जारी छ। भर्खरै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले ८ हजार ८९८ मत ल्याएर पहिलो स्थानमा अग्रता कायम राखेका छन्।

उनलाई नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले पछ्याइरहेका छन्। खड्काले अहिलेसम्म ६ हजार २८० मत प्राप्त गरेका छन्।

उनीहरूबीचको मतान्तर २ हजार ६ सय १८ छ। एमाले उम्मेदबार सुहाङले कांग्रेसका खड्कासँगको मतान्तर झन् बढाउँदै लगेका छन्।

पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम तेस्रो स्थानमा छन्। उनले अहिलेसम्म चार हजार ६ सय ३४ मत ल्याएका छन्।

त्यस्तै, रास्वपाका मिलन लिम्बू चौथो स्थानमा छन्। उनले १ हजार ३०५ मत ल्याएका छन्।

इलाम २ मा अझै दुई तिहाई मत गन्न बाँकी छ। १ लाख १५ हजारभन्दा बढी मत भएको इलाम-२ मा ६९ हजार २ सय मत खसेको छ। यो कुल मतदाता संख्याको ६० प्रतिशत हो।

सिफारिस

भक्तपुरमा मंसिर १२ गते ‘म्युजिक जात्रा–ख्वप’ हुँदै, नाफाको ५० प्रतिशत समाजसेवामा

भक्तपुर - भक्तपुरमा पहिलोपटक ठूलो स्तरको परोपकारी सांगीतिक महोत्सव ‘म्युजिक जात्रा–ख्वप’ आयोजना हुने भएको छ । लुपिक्स इन्टरटेनमेन्ट, दृष्टिकोण र रोयल इभेन्ट्सको आयोजनामा आगामी...

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ । द स्टोरी किचेन र...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी गुरुङले सेप्टेम्बर २७, २०२६...

भर्खरै

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को...

एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि...

धापाखेलमा ढलेको साढे दुई तले पक्की घर (तस्वीरहरू)

ललितपुर - अविरल वर्षाका कारण जमिन भासिँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

​काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य...

प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सुरु, दौडमा निर्मला र अर्जुन बने प्रथम

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले...

धेरै पढिएको