प्रधानमन्त्रीबाट कास्यपदक विजेता गोवर्धनलाई कर नकटाइ ६५ लाख पुरस्कार दिने

प्रधानमन्त्री केपी शर्मा ओलीले ओलम्पिक खेलकुदमा नेपाललाई पहिलोपटक पदक दिलाउने पलेशा गोवर्धनलाई ६५ लाख रुपैयाँ पुरस्कासहित सम्मान गरिने बताएका छन्।

पलेशाले पेरिस पाराओलम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहमा काँस्य पदक जितेकी हुन्। जुन नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो पदक हो।

‘पलेशालाई रु ६५ लाख पुरस्कार सहित सम्मान गरिने छ। पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई खुसी दिनुभयो। नेपाललाई पहिलोपटक ओलम्पिक पदक दिलाउने पलेशालाई हार्दिक बधाई’, बुधबार प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले उहाँलाई दिन लागेको रु ६५ लाख पुरस्कारमा लाग्ने कर छुट गरिनेछ।’

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्वकप फुटबलमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ।

सोही व्यवस्थाबमोजिम सरकारले पलेशालाई पुरस्कार दिन लागेको हो।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको