कांग्रेसले गुमायो महाबु गाउँपालिका, अध्यक्षमा एमालेका शाही विजयी

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन्। आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनबाट एमालेका शाही महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्।

शाहीले ३ हजार १२७ मत प्राप्त गरेका छन्।

यस्तै, नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले २ हजा ६७५, नेकपा माओवादी केन्द्रका जंगबहादुर बरालले ८४२ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशकुमार बुढाले ११२ मत प्राप्त गरेका छन्।

अध्यक्षमा निर्वाचित एमालेका जंगबहादुर शाही २०७४ सालको स्थानीय तहको निर्वाचनमा महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

पछि पार्टी विभाजन हुँदा नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका शाहीले २०७९ सालको स्थानीय तहको निर्वाचनमा महाबु गाउँपालिकामा समाजवादीबाट उम्मेदवार बनेका थिए।

उनले त्यतिबेला करिब २२ सय मात्रै मत प्राप्त गरेका थिए। तर, यस उपनिर्वाचनमा शाहीलाई एमालेमा प्रवेश गराएर टिकट दिइएको थियो।

०७९ सालको निर्वाचनमा महाबु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत ल्याएर विजयी भएका थिए। त्यतिबेला एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५१९ र एकीकृत समाजवादीका जंगबहादुर शाहीले २ हजार २६८ मत पाएका थिए।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको