माओवादीसँग दुईपटकको हारको बदला लिंदै हेटौंडा-१२ मा कांग्रेसका तिवारी विजयी

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएका छन्। आइतबार भएको उपनिर्वाचनमा तिवारीले दुई हजार ६३ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले जानकारी दिए।

तिवारीका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रबिकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गरेका छन्।

२०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा वडाअध्यक्ष पदमा हार व्यहोरेका तिवारी तेस्रो पटकको प्रयासमा विजयी भएका हुन्।

२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानले थोरै मतान्तरले हराएका तिवारी २०७९ मा पनि आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। सो निर्वाचनमा पनि माओवादीकै घलान १६ मतान्तरले विजयी भएका हुन्।

दुई पटकसम्म माओवादीसँगै हारेका तिवारी यो उपनिर्वाचनमा माओवादीलाई हराउँदै विजयी भएका हुन्। माओवादीको उम्मेदवार परिवर्तन हुनेबित्तिकै तिवारीले जित आफ्नो पोल्टामा पारेका छन्।

माओवादी केन्द्रबाट रवीन प्रधान चुनावी मैदानमा उत्रिएका थिए। उनले १ हजार ५६० मत ल्याएर दोस्रो भए भने एमालेका राजेश नगरकोटीले १ हजार ३९८ मत प्राप्त गर्दै तेस्रो भएका छन्।

२०७९ को स्थानीय तह निर्वाचनमा पनि नगरकोटी तेस्रो भएका थिए। उतिबेला ४७ मतान्तरले मात्रै तेस्रो भएको उनको यो उपनिर्वाचनमा मतान्तर अझ फराकिलो बनेको छ।

कुल मतदाता ८ हजार ५३ रहेकोमा ६८.०८ प्रतिशत अर्थात् ५ हजार ४८३ मत खसेको यस चुनावमा दुईवटा मतदानकेन्द्रमा मतदान भएको थियो।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको