कला लम्सालको नयाँ गीत ‘मायाको झल्को’ सार्वजनिक

काठमाडौं — फरक आवाजकी धनी तथा करिब १८ वर्षदेखि नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय गायिका कला लम्सालले आफ्नो नयाँ गीत ‘मायाको झल्को’ सार्वजनिक गरेकी छन्। सार्वजनिक भएसँगै गीतले युट्युब र सामाजिक सञ्जालमा श्रोता–दर्शकको उल्लेखनीय ध्यान तान्न थालेको छ।

गीतमा कला लम्सालसँगै गायक बसन्त थापाको स्वर रहेको छ। यसका शब्द तथा संगीत रामेश परियारले तयार गरेका हुन्। प्रेम र भावनालाई सरल तर मार्मिक ढंगले प्रस्तुत गरिएको गीतले श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

गीतको म्युजिक भिडियोमा कला लम्साल स्वयं र गम्भीर बिष्टको अभिनय देख्न सकिन्छ। भिडियोले पनि दर्शकको मन जित्न थालेको छ।

यसअघि कला लम्सालको चर्चित गीत ‘अन्टि लभर’ ले युट्युबमा केही महिनामै करिब २ करोड ७० लाख पटक हेरिने कीर्तिमान बनाएको थियो। उक्त गीतमा उनले आफैं अभिनय गरेकी थिइन्, जसले उनको लोकप्रियतालाई थप मजबुत बनाएको छ।

लम्सालले यसअघि ‘छड्के तिलरी’, ‘धानको चामल’, ‘धानेको चिउरा’ र ‘पातली, हेर्न मनाइन्छ’ जस्ता चर्चित गीतहरू गाइसकेकी छन्। नयाँ गीत ‘मायाको झल्को’ ले पनि उनको संगीत यात्रालाई थप उचाइ दिने अपेक्षा गरिएको छ।

हेर्नुस् भिडियो 

सिफारिस

भक्तपुरमा मंसिर १२ गते ‘म्युजिक जात्रा–ख्वप’ हुँदै, नाफाको ५० प्रतिशत समाजसेवामा

भक्तपुर - भक्तपुरमा पहिलोपटक ठूलो स्तरको परोपकारी सांगीतिक महोत्सव ‘म्युजिक जात्रा–ख्वप’ आयोजना हुने भएको छ । लुपिक्स इन्टरटेनमेन्ट, दृष्टिकोण र रोयल इभेन्ट्सको आयोजनामा आगामी...

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ । द स्टोरी किचेन र...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी गुरुङले सेप्टेम्बर २७, २०२६...

भर्खरै

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को...

एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि...

धापाखेलमा ढलेको साढे दुई तले पक्की घर (तस्वीरहरू)

ललितपुर - अविरल वर्षाका कारण जमिन भासिँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

​काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य...

प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सुरु, दौडमा निर्मला र अर्जुन बने प्रथम

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले...

धेरै पढिएको