कला लम्सालको नयाँ गीत ‘मायाको झल्को’ सार्वजनिक

काठमाडौं — फरक आवाजकी धनी तथा करिब १८ वर्षदेखि नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय गायिका कला लम्सालले आफ्नो नयाँ गीत ‘मायाको झल्को’ सार्वजनिक गरेकी छन्। सार्वजनिक भएसँगै गीतले युट्युब र सामाजिक सञ्जालमा श्रोता–दर्शकको उल्लेखनीय ध्यान तान्न थालेको छ।

गीतमा कला लम्सालसँगै गायक बसन्त थापाको स्वर रहेको छ। यसका शब्द तथा संगीत रामेश परियारले तयार गरेका हुन्। प्रेम र भावनालाई सरल तर मार्मिक ढंगले प्रस्तुत गरिएको गीतले श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

गीतको म्युजिक भिडियोमा कला लम्साल स्वयं र गम्भीर बिष्टको अभिनय देख्न सकिन्छ। भिडियोले पनि दर्शकको मन जित्न थालेको छ।

यसअघि कला लम्सालको चर्चित गीत ‘अन्टि लभर’ ले युट्युबमा केही महिनामै करिब २ करोड ७० लाख पटक हेरिने कीर्तिमान बनाएको थियो। उक्त गीतमा उनले आफैं अभिनय गरेकी थिइन्, जसले उनको लोकप्रियतालाई थप मजबुत बनाएको छ।

लम्सालले यसअघि ‘छड्के तिलरी’, ‘धानको चामल’, ‘धानेको चिउरा’ र ‘पातली, हेर्न मनाइन्छ’ जस्ता चर्चित गीतहरू गाइसकेकी छन्। नयाँ गीत ‘मायाको झल्को’ ले पनि उनको संगीत यात्रालाई थप उचाइ दिने अपेक्षा गरिएको छ।

हेर्नुस् भिडियो 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको