मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी” सार्वजनिक भएको छ। सानुको सम्झनामा तयार गरिएको यस गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति बोकेको छ। गीतमा चर्चित गायक मोतिराज खनाल र लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वरले भावनालाई अझ सशक्त बनाएको छ।

गीतको शब्द स्वयं नवराज गौतमले लेख्नुभएको हो भने संगीत संयोजन गायक मोतिराज खनालकै रहेको छ। महेन्द्र भण्डारीको संगीत संयोजनले गीतलाई कर्णप्रिय बनाएको छ। मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा तयार गरिएको यस गीतमा सुमन रानाले रेकर्डिङ र कुमार रानाले मिक्सिङको काम सम्हाल्नुभएको छ।

यस गीतको म्युजिक भिडियोमा नवराज गौतमसँगै सरिता ढुंगाना, भगवान भण्डारी, चन्दा बिडारी, कमला भुजेल, सागर गिरी, गीता खनाल, कृष्टीना शाह, सरिता कुवर, सिद्धार्थ कंडेल, साइब्रीना थिङ, बिक्रम थापा, लक्ष्मण खड्का लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन सयौं गीतमा निर्देशन गरिसक्नुभएका चर्चित निर्देशक देवेन्द्र कुवरले गर्नुभएको हो भने छायांकन दीपक गिरी र सम्पादन राजेश कुमारले गर्नुभएको छ।

यो गीतको कथावस्तु नवराज गौतमको वास्तविक जीवनमा आएको एक दर्दनाक घटनासँग जोडिएको छ। उनको जीवनमा अचानक बज्रपात पर्‍यो, जब अत्यन्तै माया गर्ने उनकी प्रेमिका पारिवारिक दबाब र यातनाका कारण असहनीय अवस्थाबाट गुज्रिन बाध्य भइन्। नवराजसँग छुट्टिएर बाँच्न नसक्ने अवस्थामा पुगेकी उनी आफ्ना आफन्तबाट सहयोगको अपेक्षामा थिइन्, तर उनको पुकार कसैले सुनेनन्। अन्ततः जबरजस्ती छुट्याइएपछि एक्लै बाँच्नुभन्दा संसार नै त्याग्ने कठोर निर्णय उनले गरिन्।

उनको त्यो निर्णयले नवराजलाई गहिरो पीडामा डुबायो। त्यही असहनीय बिछोड, सम्झना र भावनात्मक घाउलाई उनले “बिर्सु कसरी” मार्फत व्यक्त गरेका छन्। गीतले प्रेममा हार, सामाजिक बन्धन र मानवीय संवेदनाको कथा अत्यन्त मार्मिक ढंगले प्रस्तुत गर्दछ।

अनुभवी कलाकारहरूको संयुक्त प्रयासमा तयार भएको यो गीतले दर्शक तथा श्रोताको मन छोने विश्वास गरिएको छ। “बिर्सु कसरी” केवल एउटा गीत मात्र नभएर, एउटा वास्तविक पीडा र सम्झनाको जीवित अभिव्यक्ति बनेर आएको छ।

हेर्नुस् भिडियो 

सिफारिस

भक्तपुरमा मंसिर १२ गते ‘म्युजिक जात्रा–ख्वप’ हुँदै, नाफाको ५० प्रतिशत समाजसेवामा

भक्तपुर - भक्तपुरमा पहिलोपटक ठूलो स्तरको परोपकारी सांगीतिक महोत्सव ‘म्युजिक जात्रा–ख्वप’ आयोजना हुने भएको छ । लुपिक्स इन्टरटेनमेन्ट, दृष्टिकोण र रोयल इभेन्ट्सको आयोजनामा आगामी...

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ । द स्टोरी किचेन र...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी गुरुङले सेप्टेम्बर २७, २०२६...

भर्खरै

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को...

एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि...

धापाखेलमा ढलेको साढे दुई तले पक्की घर (तस्वीरहरू)

ललितपुर - अविरल वर्षाका कारण जमिन भासिँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

​काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य...

प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सुरु, दौडमा निर्मला र अर्जुन बने प्रथम

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले...

धेरै पढिएको