फेरि कडा रुपमा प्रस्तुत भए नेकपा महासचिव पौडेल, दिए यस्तो अभिव्यक्ति

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टीको सचिवालय पछिल्लो समय समस्या सृजना गर्ने थलोका रुपमा विकास हुँदै गएको बताएका छन् । पार्टीको ‘कोर अफ द लिडरसीप’ का रुपमा मान्यता पाएको सचिवालय आन्तरिक समस्या समाधान गर्नेभन्दा पनि समस्या सृजना गर्ने थलोका रुपमा विकास हुँदै गएको पौडेलको भनाइ छ ।

पार्टीको आन्तरिक जीवनमा देखिएको समस्या र राष्ट्रिय राजनीतिलाई सहि दिशामा लैजानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा नेकपा सचिवालयले त्यस्तो गर्न नसकेको उनको आरोप छ । महासचिव पौडेलले सचिवालयले आफ्नो समीक्षा गर्दै भूमिका परिवर्तन गर्नुपर्ने आवश्यकता समेत औल्याए ।

उनले भने–‘पछिल्लो समय समस्या समाधानको थलो नभएर समस्या सृजना गर्ने भूमिकामा सचिवालय परिवर्तन भएको छ । त्यसैले सचिवालयले आफ्नो भूमिका बदल्नुपर्ने आवश्यकता मैले देख्छु । यदि पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्या समाधानका लागि, राष्ट्रिय राजनीतिलाई सहि दिशामा दिशाबोध गराउनका लागि सक्षम, प्रभावकारी, नेतृत्वदायी भुमिका निर्वाह गर्न नसकेको अवस्थामा स्वभाविक रुपमा सचिवालयको वैधता र औचित्यमाथि प्रश्न खडा हुन्छ ।’

त्यस्तै महासचिव पौडेलले आफ्नो अभिभारा सहि ढंगले पूरा गर्न नसक्ने अवस्था आएको भए सामूहिक रुपमा जिम्मेवरी हस्तान्तरण गर्नुपर्नेमा पनि जोड दिएका छन् । ‘यदि हामी यो ढंगले भूमिका निर्वाह गर्न असक्षम र नसक्ने भएका हौँ भने स्थायी कमिटीका सदस्य समक्ष भनौँ’–महासचिव पौडेलले भने–‘हामीले यति मात्रै गर्न सक्यौँ यो भन्दा बढी गर्न नसक्ने भयौँ । हाम्रो अभिभारा ठिक ढंगले पूरा गर्न नसक्ने भयौँ । त्यसैले तपाईहरु जिम्मेवारी सम्हाल्नका लागि तयार हुनुस हामी पदमुक्त हुन्छौँ ।’

 

सिफारिस

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। सभापति पदमा उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित...

प्रहरीलाई पनि अब महिनाको दुइ पटक तलब

काठमाडौं । नेपाल प्रहरीले अबदेखि महिनामा दुई पटक तलब पाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले मातहतका सबै कार्यालयलाई परिपत्र गर्दै आगामी आर्थिक वर्ष २०८३/८४...

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको...

भर्खरै

प्रहरीलाई पनि अब महिनाको दुइ पटक तलब

काठमाडौं । नेपाल प्रहरीले अबदेखि महिनामा दुई पटक तलब...

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का...

रविले दिए सभापतिमा उम्मेदवारी, बालेन बने प्रस्तावक

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

आफैं गाडी चलाउँदै रास्वपा महाधिवेशनस्थल पुगे बालेन (तस्वीरहरु)

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

सुर्खेत — नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल...

राहदानी छपाइ प्रकरण : १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं - विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी...

धेरै पढिएको