सशस्त्रमा एआईजीसहित २६ जना अधिकृतले अवकाश पाउँदै, अवकाशको मुखमा चार डीआईजी अझै बाहिनीपति

काठमाडौं – सशस्त्र प्रहरी बलमा केही साताभित्रै एक जना अतिरिक्त महानिरीक्षक (एआईजी)सहित २६ जना उच्चपदस्थ अधिकृतले अनिवार्य अवकाश पाउने भएका छन् ।

सशस्त्र प्रहरी बलमा उमेरको हद, ३० बर्से सेवा अवधि र पदअनुसारको अवधि (पदावधि)का कारण अनिवार्य अवकाश पाउने व्यवस्था छ । हाल अवकाश पाउन लागेका सबै उच्चपदस्थ अधिकृतहरूले ३० बर्से सेवा अवधिका कारण अनिवार्य अवकाश पाउन लागेका हुन् ।

नेपाल प्रहरी र तत्कालीन शाही नेपाली सेनामा कार्यरत अधिकृत र तल्लो तहका सुरक्षाकर्मीलाई स्थानान्तरण गरी २०५८ सालमा सशस्त्र प्रहरी बलको गठन गरिएकामा माथिल्लो तहमा यही मंसिर अन्तिम सातादेखि नेपाली सेनाबाट आएकाको संख्या एक मात्र हुनेछ ।

नेपाल प्रहरीमा कार्यरत ९ हजार ८ सय १४, नेपाली सेनाका १ सय २० र करारमा ६१ जनालाई राखी सशस्त्र प्रहरी बल गठन गरिएको थियो ।नेपाली सेनाबाट स्थानान्तरण भई आएकामध्ये सनतकुमार बस्नेत र शैलेन्द्रकुमार श्रेष्ठ मात्र सशस्त्रको नेतृत्वमा पुगेका छन् ।

बस्नेत र श्रेष्ठले आईजीपी बनेर हाँकेको सशस्त्रको माथिल्लो निकायमा अब नेपाली सेनाबाट आएका चन्द्रप्रकाश गौतम मात्रै हुनेछन् । नायब महानिरीक्षक (डीआईजी) पदमा कार्यरत गौतम मात्र अब सशस्त्र प्रहरी बलको माथिल्लो निकायमा रहनेछन् ।

३ वैशाख २०५२ मा सेनामा प्रवेश गरेका उनी हालको ३० बर्से सेवा अवधि यथावत् रहेको अवस्थामा २ वैशाख २०८२ सम्म सेवामा रहनेछन् । गौतम ६ कात्तिक २०७५ मा राजु अर्याल र नारायणदत्त पौडेलसँगै डीआईजीमा बढुवा भएका थिए । अर्याल र पौडेल भने १८ चैत २०५४ मा प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए ।

नेपाली सेनाबाट सशस्त्रमा स्थानान्तरण भई हाल डीआईजी पदमा कार्यरत नगेन्द्रकुमार थापा, कवीन्द्रमान श्रेष्ठ, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत र हरिश्चन्द्र अधिकारीले यही २७ मंसिरमा अनिवार्य अवकाश पाउँदै छन् । राजधानी दैनिकबाट

सिफारिस

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले २...

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका अवसरमा बिहीबार बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि पूजाअर्चना, दर्शन तथा व्रत पालनका लागि...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमालविक्रम विष्टको मृत्यु भएको छ। मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन...

भर्खरै

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा...

बाजुराको सौन्दर्य : जहाँ बादलले चुम्छन् डाँडाकाँडा, हिमालले ओढ्छन् हरियालीको चोली (तस्वीरहरू)

बाजुरा । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक...

निर्जला एकादशीमा किन गरिन्छ भगवान विष्णु र तुलसीको विशेष पूजा ?

काठमाडौं - हिन्दु धर्ममा वर्षभरि मनाइने विभिन्न पर्व तथा...

रास्वपा प्रतिनिधिले पाएको झोलाभित्र के छ ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय...

 सांसद लिम्बूमाथि कारबाही तयारी, यस्तो छ कारण

विराटनगर - जनता समाजवादी पार्टी, नेपाल ले कोशी प्रदेशसभा...

धेरै पढिएको