एकीकृत समाजवादीले थप्यो १ उपमहासचिवसहित ३ सचिव, को -कोले पाए जिम्मेवारी ?

नेकपा एकीकृत समाजवादीले १ जना उपमहासचिव थप्ने निर्णय गरेको छ । यसअघि  तीन उपमहासचिव रहेकामा अब चार हुने छन्।  आज बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले जगन्नाथ खतिवडालाई उपमहासचिव बनाउने निर्णय गरेको हो ।

त्यस्तै, ३ जना सचिव पनि थप्ने निर्णय भएको बैठकपछि सञ्चारकर्मीसँग खतिवडाले जानकारी दिए । ‘पार्टीले अहिलेको परिस्थितिलाई हेर्दै १ उपमहासचिव थप्ने निर्णय गरेको छ । ३ जना सचिव थप्ने भएको छ । त्यसमध्ये एक गरिमा शाह, जीवनराम श्रेष्ठ, भागवत विश्वास हुनुहुन्छ,’ खतिवडाले भने ।

त्यस्तै, आफ्नाे पार्टीले ४ वटा मन्त्रालय पाउने पनि उनले जानकारी दिए । जसमा शहरी विकास, स्वास्थ्य, पर्यटन र श्रम मन्त्रालय रहेको छ । ‘हामीले ४ मन्त्रालयमा चित्त बुझायौं । अरु केही प्राविधिक कारणहरु पनि छन्,’ खतिवडाले भने ।

उनका अुनसार भोलि वा पर्सिभित्र मन्त्रिपरिषदले पूर्णता पाउनेछ । साथै, डा. विजय गुरुङको संयोजकत्वमा सम्पर्क समन्वय कमिटी गठन गरिएको पनि उनले जानकारी दिए ।

३०१ जना केन्द्रीय सदस्यको नामावली टुंगो लगाइसकेको भन्दै भोलि वा पर्सि नामावली सार्वजनिक गर्ने उनले बताए । ‘केन्द्रीय कमिटीको संख्या सार्वजनिक गर्न आज गृहकार्य गर्यौँ । केन्द्रीय सचिवालयले भोलि टुंगो गर्नेछ । भोलि वा पर्सिमा नामहरू सार्वजनिक गर्नेछौँ । ३०१ को नाम फाइनल भइसकेको छ,’ उनले भने ।

बैठकले ३०१ केन्द्रीय सदस्यको नाम टुंग्याएको र केन्द्रीय सचिवालयले त्यसमा भोलि थप गृहकार्य गरेर पर्सि नाम सार्वजनिक गरिनेछ। बैठकले केन्द्रीय आयोगमा ३५ सदसय हुने, स्थानीय कमिटीमा ६ पदाधिकारी रहने, जिल्ला कमिटीमा आधारभूत संख्या १०१ हुने र प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट ५ जना जिल्ला कमिटीमा रहने पनि निर्णय गरेको छ।

पोलिटब्युरो चाँडै गठन गर्ने पनि बैठकले निर्णय गरेको छ। बिजय गुरुङको संयोजकत्वमा सम्पर्क समन्वय कमिटी गठन पनि भएको छ।

त्यस्तै बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, गंगालाल तुलाधर र विजय गुरुङ रहेको केन्द्रीय कार्यालय स्थापना गरेको र भुसालकै नेतृत्वमा ११ जना सदस्य केन्द्रीय सचिवालय पनि गठन गरेको बताइएको छ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको