नेपालले युएईलाई ५ विकेटले हरायो

काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि जिम्बावेमा रहेको नेपालले अभ्यास खेलमा सफलता हात पारेको छ। मंगलबार भएको अभ्यास खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो।

युएईले दिएको १ सय ७२ रनको लक्ष्य नेपालले २८.२ ओभरमा ५ विकेटको क्षतिमा पार गर्‍यो।

नेपालको जितमा शरद भेषावकरले नटआउट ४१ तथा आरिफ शेखले नटआउट २३ रन जोडे। शरदले ५४ बल खेल्दा १ छक्का हिर्काए। आरिफ १५ बलमा २ चौका र १ छक्का प्रहार गरे।

त्यसअघि नेपालका लागि कप्तान पारस खड्काले २८ रनको योगदान गरे। उनले ३९ बलमा १ चौका प्रहार गरे। आक्रमक रुपमा प्रस्तुत भएका दीपेन्द्रसिंह ऐरीले ४१ रनको योगदान दिए। उनले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गरे। खराब सुरुवात गरेको नेपालका ओपनिङ ब्याट्सम्यान दिलीप नाथ ४ तथा ओपनर ज्ञानेन्द्र मल्ल १२ रनमा आउट भए। अनिलकुमार साह ११ रनमा आउट भएका थिए। तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले १६ बलमा १ चौका हिर्काए। ्

बलिङतर्फ युएईका अमिर हायतले २ विकेट लिए।

मंगलबार जिम्बावेको क्वेक्वे मैदान ओसिलो भएका कारण २९ ओभरमा घटाइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएई २८.५ ओभरमा १ सय ७१ रनमा अलआउट भयो।

युएईका ओपनिङ ब्याट्सम्यान अस्फक अहमेदले ४२ रन जोडे। ललित राजवंशीको बलमा आरिफ शेखबाट क्याच हुनुअघि उनले ५१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। त्यसअघि ओपनर तथा कप्तान रोहन मुस्ताफालाई ४ रनको झिनो स्कोरमा ललित भण्डारीले आउट गरे।

यस्तै गुलाम सब्बेरले ३२ रनको योगदान दिए। उनलाई कप्तान पारस खड्काले बोल्ड गरेका थिए। रमिज शाहजादलाई राजवंशीले शून्य रनमा आउट गर्दा शैनमान अनवारले १६ रन जोडे। अनवारलाई भण्डारीले करण केसीबाट क्याच गराएका थिए। मोहमद उस्मानलाई पनि भण्डारीले २६ रन बनाएर खेलिरहदा आउट गरे। लगत्तै उनले मोहमद बोतालाई १ रनमा आउट गरे।

करण केसीले अन्तिम ओभरमा अडनान मुफ्तीलाई ३७ रन र मोहमद नाभीदलाई १ रनमा आउट गरेका थिए।  एक बल बाँकी छदा चिराग सुरीलाई पनि उनले सिकार बनाए।

बलिङतर्फ नेपालका ललित भण्डारीले ४ विकेट लिन सफल भए। करण केसीले ३ विकेट हात पारे। उनले ३ वटै विकेट अन्तिम ओभरमा लिएका थिए। ललित राजवंशी २ विकेट लिए। कप्तान पारस खड्काले १-१ विकेट हात पारे।

दोस्रो अभ्यास खेलमा नेपालले बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ। समूहमा नेपाल र आयोजक जिम्बावेसँगै स्कटल्यान्ड, अफगानिस्तान र हङकङ छन्।

डिभिजन–२ मा दोस्रो हुँदै एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान बनाएको नेपालले पहिलो खेल फागुन २० गते आयोजक जिम्वाबेसँग खेल्नेछ।

नेपाली टिम 
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी
वैकल्पिक खेलाडी– सुनिल धमला, विनोद भण्डारी, सिद्धान्त लोहनी र किशोर महतो।

विश्वकप छनोटमा नेपालको खेल
फागुन २० गते – जिम्बावे विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
फागुन २४ गते– स्कटल्यान्ड विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
फागुन २६ गते–  अफगानिस्तान विरुद्ध – बुलावायो एथ्लेटिक क्लब
फागुन २८ गते – हङकङ विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब

सिफारिस

राष्ट्रिय सभा निर्वाचनमा चार दलबीच तालमेल, कसलाई कति सीट ?

काठमाडौं - आगामी राष्ट्रिय सभा निर्वाचनमा प्रमुख चार राजनीतिक दलबीच तालमेल हुने भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र...

कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य : जेनजी अगुवा रक्षा बम

काठमाडौं - जेनजी अगुवा रक्षा बमले नेपाली कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गरेकी छन्। उनले नियमित महाधिवेशनको नाममा यथास्थितिवाद रोज्ने नेताहरूले जेनजी आन्दोलन...

कुलमान र बब्लुलाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले राजनीतिक दलसँग आवद्ध भइसकेका मन्त्रीहरूलाई राजीनामा दिन सुझाव दिएकी छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले दलसँग आबद्ध मन्त्रीहरूले परिस्थितिको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य : जेनजी अगुवा रक्षा बम

काठमाडौं - जेनजी अगुवा रक्षा बमले नेपाली कांग्रेसमा विशेष...

कुलमान र बब्लुलाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले राजनीतिक दलसँग आवद्ध भइसकेका...

एमालेको चुनावी कमान्डर बादल

काठमाडौं - नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा...

विशेष महाधिवेशन माघ ६ पछिलाई सारौँ : शेखर कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले सहमतिका आधारमा केन्द्रीय...

मोदी राम्रो मान्छे भए पनि आफूलाई खुसी नबनाएको भन्दै ट्रम्पको असन्तुष्टि

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल...

प्रचण्डपछि किन भारत प्रस्थान गरिन् आरजु राणा ?

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री आरजु...

धेरै पढिएको