झुटो आरोप लगाएर मेरो करिअर सकियो, यसको उपचार के हुन्छ श्रीमान्?

बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पहिलो पटक जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको छ।

पक्राउ परेको पाँचौँ दिनमा प्रहरीले सन्दीपलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। प्रहरीले अनुसन्धानका लागि अदालतसमक्ष सन्दीपलाई १० दिन थुनामा राख्न अनुमति माग गरेको थियो।

तर, अदालतले पक्राउ परेको मितिबाट ७ दिन थुनामा राख्न अनुमति दिएको छ। सातौँ दिनमा सन्दीपलाई फेरि अदालतमा उपस्थित गराउन भनिएको छ।

न्यायाधीश दण्डपाणि न्यौपानेको इजलासले सन्दीपलाई हिरासतमा राख्न अनुमति दिएको हो। सोमबार बिहान १० बजे नै प्रहरीले सन्दीपलाई अदालतमा पुर्‍याएको थियो।

सोमबार बिहान ११ बजे न्यायाधीश इजलासमा उपस्थित भएसँगै सन्दीपको म्याद थप बारे कुरा भएको थियो। त्यसक्रममा सन्दीपका कानुन व्यवसायी पनि अदालतमा पुगेका थिए।

सन्दीपका कानुन व्यवसायीले जाहेरी र अन्य कागजात हेर्न पाउनु पर्ने माग गरेका थिए। तर न्यायाधीशले जवाफ दिए, ‘ती कागजात म हेरौंला, तपाईंहरुलाई के छ भनौँला।’

न्यायाधीशले जाहेरी र अन्य कागजात अध्ययन गरिसकेपछि त्यहाँ भएका मूलभुत कुराहरु जानकारी गराएका थिए।सन्दीपका कानुन व्यवसायीले इजलाससमक्ष मुद्दाको छिटो टुंगो लगाइदिन आग्रह गरेका छन्।

लामिछाने राष्ट्रिय क्रिकेट टिमको कप्तानसमेत (निलम्बित) रहेकाले मुद्दाको छिटो टुंगो लागेर निर्दोष ठहरिए करिअरमा फर्किएर राष्ट्रका लागि खेल्ने भएकाले प्राथमिकतामा राखेर छिटो टुंगोमा पुर्‍याइदिन लामिछानेका कानुनी सल्लाहकार सरोजकृष्ण घिमिरेले आग्रह गरे।

त्यसक्रममा न्यायाधीश न्यौपानेले सन्दीपलाई पनि केही भन्नु छ भनेर सोधेका थिए। सन्दीपले आफू निर्दोष रहेको बताउँदै सुनियोजित रुपमा फसाएको दाबी गरे।

उनले न्यायाधीसमक्ष भने, ‘यो सम्पुर्ण प्रक्रियाबाट मेरो आत्मासम्मानमा चोट पुगेको छ। चरित्रहत्या गरिएको छ। ममाथि झुटा आरोप लगाइयो। यसको कुनै उपचार छ श्रीमान्?’ जवाफमा न्यायाधीश न्यौपानेले भने, ‘तपाईंले मुद्दाको सुनुवाइका क्रममा ती कुरा उठाउन सक्नुहुन्छ। आज त म्याद थपको विषय मात्रै हो।’

बुधबार फेरि अदालतमा उपस्थित गराउने गरी सन्दीपलाई प्रहरीले गौशला बृत्तको हिरासतमा लगेको छ। जिल्ला सरकारी वकिल कार्यालयको रोहबरमा सन्दीपको बयान आइतबारदेखि सुरु भइसकेको छ।

सन्दीप गत बिहीबार कत्तारको दोहा हुँदै काठमाडौँ फर्किएका हुन्। प्रहरीलाई जानकारी गराएरै आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो। त्यसअघि उनी क्रिकेट खेल्नकै लागि नेपाली टिमसहित केन्या पुगेका थिए।

उनीविरुद्ध भदौ २१ गते एकजना नाबालिगले बलात्कार आरोपसहित जाहेरी दिएकी थिइन्। प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको