क्यासटेल टेकले सुरु गर्यो ‘प्रोजेक्ट दिक्षा’ अभियान

काठमाडौ – क्यासटेल टेक प्रालिले ‘प्रोजेक्ट दिक्षा’ अभियान सुरु गरेको छ । ‘प्रोजेक्ट दिक्षा, शिक्षा फर अल्’ नारा सहित सञ्चालन भएको यो अभियान विद्यार्थीहरुलाई सूचना तथा प्रविधीमा आकषर्ण बढाउने उद्देश्यले थालिएको हो ।

यस अभियानले कक्षा १० देखी १२ कक्षा सम्मका विद्यार्थीहरु लक्षित गरेको छ । क्यासटेल टेक प्रालिले ‘प्रोजेक्ट दिक्षा’ अन्र्तगत कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई छात्रबृत्ति समेत प्रदान गर्नेछ । ‘सूचना तथा प्रविधीबारे तालिम प्रदान गरेर रोजगारीको अवसर प्रदान गर्नेछौं ।’ क्यासटेल टेक प्रालिका सञ्चालक विशाल पोखरेलले भने, ‘हामीले डिजिटल मार्केटिङबारे तालिम प्रदान गरिसक्यौं । अन्य विषयमा पनि तालिम प्रदान गर्नेछौं ।’ ललितपुरस्थित क्यास्पियन भ्याली कलेजका विद्यार्थीहरुलाई क्यासटेल टेकले डिजिटल मार्केटिङबारे तालिम प्रदान गरेर अभियान सुरु गरिसकेको छ ।

पछिल्लो समयमा सूचना तथा प्रविधी विषयमा नेपाली विद्यार्थीहरुको आकषर्ण बढिरहेको छ । स्वदेशमै बसेर राम्रो कमाई गर्न सकिने र जागिरको ग्यारेन्टीको भएकाले पनि यस पेशामा विद्यार्थीहरुको आकषर्ण बढ्दै गएको हो । प्रोजेक्ट दिक्षाको संस्थापक विशाल पोखरेल तथा सह–संस्थापक समय पौडेल रहेका छन् । गाउ–गाउ पुगेर विद्यार्थीहरुलाई सूचना तथा प्रविधीप्रति चाख जगाउनु र यसै पेशामा भविष्य देखाउनु यसको मुख्य उद्देश्य रहेको अभियानका संस्थापक पोखरेलले बताए ।

काठमाडौपछि मकवानपुर जिल्लाका स्थानीय तहहरुको समन्वयमा ‘प्रोजेक्ट दिक्षा’ बारे अभियान सूरु गर्ने तयारी थालिसकेको सह–संस्थापक पौडेलले जानकारी दिए । आगामि दिनमा स्कुल, कलेज स्तरीय कार्यक्रम गर्ने, प्रतिष्पर्धात्मक कार्यक्रम गर्ने तयारी भईरहेको उनले सुनाए । ‘आइटी फिल्डलाई इज्जतिलो पेशाका रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो ।’ संस्थापक पोखरेलले भने, ‘यो क्षेत्रमा विद्यार्थीहरुको रुची जगाउने हाम्रो प्रयास हो ।’

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको