काठमाडौँमा ‘इद उल फित्र’ को उल्लास (तस्वीरहरू)

काठमाडौँ –  ‘इद उल फित्र’ पर्व आज देशभरका मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाइरहेका छन् ।

हजारी पात्रो अनुसार नवौँ महिनामा गरिने एक महिने रोजा (उपवास) समाप्त भएपछि विशेष नमाज पढी ठूलाबडाबाट आशीर्वाद लिँदै यो पर्व मनाउने परम्परा रहेको छ ।

विशेष नमाजपछि तीन दिनसम्म आफन्त तथा ज्येष्ठ सदस्यकहाँ गई आशीर्वाद लिने र साना सदस्यलाई आशीर्वाद दिने चलन छ। पाहुनालाई सेवई, खजुरजस्ता परिकार खुवाउने परम्परा पनि रहेको छ।

यो पर्वमा दानको विशेष महत्व हुन्छ। आफ्नो क्षमताअनुसार दान गरी गरिब तथा दीनदुःखीलाई सहयोग गर्ने भएकाले यसलाई इद उल फित्र भनिएको हो। अरबी पात्रोको नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद मनाउने गरिन्छ।

कुरान अनुसार, प्रत्येक मुस्लिमले आफ्नो वार्षिक बचतको साढे दुई प्रतिशत दान गर्नुपर्ने व्यवस्था छ, जसलाई जकात भनिन्छ।

साथै, प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको रकम दान गर्ने चलन छ, जसलाई सत्कार फितर भनिन्छ। यो दान गर्भमा रहेको शिशुको नाममा समेत गर्नुपर्ने मान्यता छ।

एक महिनाअघि सुरु भएको रोजा अवधिभर मुस्लिम समुदायले सूर्योदयदेखि सूर्यास्तसम्म उपवास बस्दै आएका थिए । यसलाई आत्मशुद्धि र पापबाट मुक्ति पाउने माध्यमका रूपमा लिने गरिन्छ। इदको अवसरमा मुस्लिम समुदायले नयाँ लुगा लगाउने, आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने र शुभकामना साटासाट गर्ने गर्छन् ।

 

सिफारिस

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार बिदाइ गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रम आयोजना गर्दै रुवान्डामा...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ । हरेक वर्ष वैशाख २ गते मनाइने बिस्का जात्राअन्तर्गत मनाइको सिन्दूर जात्रा सकिएको हो ।...

पृथु बास्कोटा कर्पोरेट टी–१० लिगका ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको कर्पोरेट टि-१० लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी पृथु बास्कोटा ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।...

भर्खरै

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

पृथु बास्कोटा कर्पोरेट टी–१० लिगका ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको...

माइतीघरमा नारा : गरिबको चमेली सुन दिने कोहि छैन (तस्वीरहरू)

काठमाडौं - अखिल (क्रान्तिकारी) ले मन्त्रिपरिषद्का सदस्यहरूको सार्वजनिक गरिएको...

गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको...

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल...

धेरै पढिएको