प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर – किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला उँभौली समापन गरिएको छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको साकेला ललितपुरको लुभुमा प्रकृतिपूजासहित समापन गरिएको हो ।

समापन कार्यक्रममा सयौँ युवायुवती मौलिक भेषभूषामा सजिएर ढोल, झ्याम्टा र चम्मरको तालमा साकेला सिली नाचेका थिए । दौरा–सुरुवाल र नेपाली टोपीमा सजिएका युवा तथा गुन्युचोली, लाछा, शिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला र नौगेडीजस्ता गरगहनामा सजिएका युवतीहरूको बाक्लो सहभागिताले साकेला थान उत्साहमय बनेको थियो ।

किरात समुदायले उँभौलीलाई प्रकृतिपूजासँग जोडिएको पर्वका रूपमा मनाउने गरेका छन् । खेतीपाती राम्रो होस्, उन्नति र समृद्धि प्राप्त होस् भन्ने कामनासहित भूमेस्थानमा पूजा गर्ने परम्परा रहिआएको छ । वैशाख महिनादेखि मौसम तातिँदै जाँदा मानिस, चराचुरुङ्गी तथा जनावर उँभो अर्थात् माथिल्लो भूभागतर्फ सर्ने जीवनशैलीसँग यो पर्व जोडिएको विश्वास गरिन्छ ।

किरात समुदायभित्रका राई, लिम्बू, सुनुवार, याक्खालगायत जातिहरूले यो पर्वलाई आ–आफ्नो भाषा र परम्पराअनुसार फरक नामले मनाउने गरेका छन् । लिम्बू समुदायले ‘चासोक’ वा ‘यक्वा तङनाम’, सुनुवारले ‘फोलष्यादर’, बान्तावाले ‘साकेन्वा’ तथा राई समुदायले ‘साकेला’ नामले यस पर्वलाई मनाउने परम्परा छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको