काठमाडौँ नजिकै आकर्षक प्राकृतिक गन्तव्य ‘लौके झरना’ (तस्वीरहरू)

नुवाकोट – काठमाडौँ र नुवाकोटको सिमाना क्षेत्र गुर्जे भन्ज्याङबाट पश्चिमतर्फ अवस्थित करिब १५० फिट अग्लो लौके झरना पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइँको गन्तव्य बन्दै गएको छ।

लौका आकारमा देखिने भएकाले ‘लौके झरना’ नामले परिचित यस झरनाको दृश्य र त्यसबाट झर्ने पानीको प्रभाव टाढासम्म अनुभूति गर्न सकिन्छ। प्राकृतिक सौन्दर्यले भरिएको यो क्षेत्र गर्मी मौसममा अझ बढी आकर्षणको केन्द्र बन्ने गरेको स्थानीय बताउँछन्।

नुवाकोटको सदरमुकाम विदुर तथा राजधानी काठमाडौंबाट नजिकै रहेको यस झरनामा दैनिक पाँच सयभन्दा बढी पर्यटक पुग्ने गरेका छन्। विशेषगरी शनिवार तथा सार्वजनिक बिदाका दिन यहाँ पुग्ने पर्यटकको संख्या उल्लेखनीय रूपमा बढ्ने गरेको छ।

शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाका अनुसार गाउँपालिकाले सिँढीसहितको पदमार्ग तथा सहज हिँडडुल गर्न सकिने बाटो निर्माण गरेपछि यहाँ पर्यटकको चहलपहल बढेको हो। पूर्वाधार सुधारसँगै लौके झरना छोटो दूरीमै पुग्न सकिने आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ।

छहरे–टोखा सडकबाट सहज पहुँच भएकाले परिवार, साथीभाइ तथा घुमफिरका लागि जाने आन्तरिक पर्यटकका लागि यो स्थान उपयुक्त बनेको छ। काठमाडौंबाट करिब ४५ मिनेट र नुवाकोटको विदुरबाट पनि झण्डै उस्तै समयमा पुग्न सकिने भएकाले छोटो समयमै प्राकृतिक अनुभव लिन चाहनेहरूका लागि लौके झरना आकर्षक विकल्प बनेको छ।

प्राकृतिक सौन्दर्य, सहज पहुँच र स्थानीय पूर्वाधार विकासको संयोजनले लौके झरना अहिले नुवाकोटको उदीयमान पर्यटन गन्तव्यका रूपमा परिचित हुँदै गएको छ।

  

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको