काठमाडौँ नजिकै आकर्षक प्राकृतिक गन्तव्य ‘लौके झरना’ (तस्वीरहरू)

नुवाकोट – काठमाडौँ र नुवाकोटको सिमाना क्षेत्र गुर्जे भन्ज्याङबाट पश्चिमतर्फ अवस्थित करिब १५० फिट अग्लो लौके झरना पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइँको गन्तव्य बन्दै गएको छ।

लौका आकारमा देखिने भएकाले ‘लौके झरना’ नामले परिचित यस झरनाको दृश्य र त्यसबाट झर्ने पानीको प्रभाव टाढासम्म अनुभूति गर्न सकिन्छ। प्राकृतिक सौन्दर्यले भरिएको यो क्षेत्र गर्मी मौसममा अझ बढी आकर्षणको केन्द्र बन्ने गरेको स्थानीय बताउँछन्।

नुवाकोटको सदरमुकाम विदुर तथा राजधानी काठमाडौंबाट नजिकै रहेको यस झरनामा दैनिक पाँच सयभन्दा बढी पर्यटक पुग्ने गरेका छन्। विशेषगरी शनिवार तथा सार्वजनिक बिदाका दिन यहाँ पुग्ने पर्यटकको संख्या उल्लेखनीय रूपमा बढ्ने गरेको छ।

शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाका अनुसार गाउँपालिकाले सिँढीसहितको पदमार्ग तथा सहज हिँडडुल गर्न सकिने बाटो निर्माण गरेपछि यहाँ पर्यटकको चहलपहल बढेको हो। पूर्वाधार सुधारसँगै लौके झरना छोटो दूरीमै पुग्न सकिने आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ।

छहरे–टोखा सडकबाट सहज पहुँच भएकाले परिवार, साथीभाइ तथा घुमफिरका लागि जाने आन्तरिक पर्यटकका लागि यो स्थान उपयुक्त बनेको छ। काठमाडौंबाट करिब ४५ मिनेट र नुवाकोटको विदुरबाट पनि झण्डै उस्तै समयमा पुग्न सकिने भएकाले छोटो समयमै प्राकृतिक अनुभव लिन चाहनेहरूका लागि लौके झरना आकर्षक विकल्प बनेको छ।

प्राकृतिक सौन्दर्य, सहज पहुँच र स्थानीय पूर्वाधार विकासको संयोजनले लौके झरना अहिले नुवाकोटको उदीयमान पर्यटन गन्तव्यका रूपमा परिचित हुँदै गएको छ।

  

सिफारिस

भूगोलको अध्ययन नगरी पूर्वाधार निर्माण गरिँदा राज्यको ठूलो लगानी जोखिममा : सांसद नितिमा कार्की

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नितिमा कार्कीले स्थानीय आवश्यकता, भूगोल, जनसंख्या र आर्थिक सम्भावनाको अध्ययन नगरी पूर्वाधार निर्माण गरिँदा राज्यको ठूलो लगानी जोखिममा...

जलवायु नीति र लाभ वितरण आदिवासी जनजाति समुदायसम्म पुग्नुपर्नेमा जोड

काठमाडौं - जलवायु नीति तथा कार्बन व्यापारबाट प्राप्त हुने लाभ आदिवासी जनजाति समुदायसम्म प्रत्यक्ष रूपमा पुग्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। नेपाल आदिवासी जनजाति महासंघ ले...

सभामुख प्रवेश गर्दा यी दुई मन्त्री नउठेपछि…

काठमाडौं — प्रतिनिधि सभा बैठकमा सभामुख प्रवेश गर्दा दुई मन्त्रीले सम्मान प्रकट नगरेको भन्दै संसदमा प्रश्न उठेको छ। मंगलबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा...

भर्खरै

जलवायु नीति र लाभ वितरण आदिवासी जनजाति समुदायसम्म पुग्नुपर्नेमा जोड

काठमाडौं - जलवायु नीति तथा कार्बन व्यापारबाट प्राप्त हुने...

सभामुख प्रवेश गर्दा यी दुई मन्त्री नउठेपछि…

काठमाडौं — प्रतिनिधि सभा बैठकमा सभामुख प्रवेश गर्दा दुई...

काठमाडौँबाहेक सबै अदालतबाट रविका अरू मुद्दा फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित...

रहेनन् पूर्वगृहमन्त्री थापा, पशुपतिमा अन्त्येष्टि

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार...

डोल्पाको प्रसिद्ध बाला त्रिपुरासुन्दरी मन्दिर (तस्वीरहरू)

डोल्पा — नेपाल धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले समृद्ध...

नयाँ बसपार्क ट्राफिकको सडक सुरक्षा सम्बन्धी एकमहिने सचेतना कार्यक्रम सुरु

काठमाडौं — ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको आयोजनामा सडक...

धेरै पढिएको