शैक्षिक गुणस्तर सुधारका लागि अमरगढी नगर क्षेत्रका विद्यालय गाभियो

डम्बर निदाल
डडेल्धुरा -डडेल्धुराको अमरगढी नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालय समायोजन गरेको छ । शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले नगर क्षेत्रभित्रका मापदण्डअनुरुप न्यूनतम विद्यार्थी संख्या नपुगेका विद्यालय अन्य विद्यालयमा गाभी समायोजन गरेको हो ।

नगर उपप्रमुख संगिता भण्डारीको संयोजकत्वमा सामुदायिक विद्यालयको दरबन्दी मिलान तथा विद्यालय समायोजन सुझाव समितिले स्थलगत अनुगमन र सरोकारवालाहरुसँगको छलफल पश्चात नगर कार्यपालिकामा बुझाएको प्रतिवेदनका आधारमा विद्यालय समायोजनको निर्णय भएको नगरप्रमुख विशेश्वर प्रसाद ओझाले बताए । उक्त समितिले समायोजन गरिएका विद्यालयको पछिल्लो ३ वर्षको विद्यार्थी संख्या सम्बन्धी तथ्यांक विश्लेषणको आधारमा शैक्षिक गुणस्तर सुधारका लागी विद्यालय समायोजन गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाको सामुदायिक विद्यालय समायोजन कार्यविधी २०७७ अनुसार कैलपाल प्राथमिक विद्यालय झर्तालाई सहश्रलिङ माध्यामिक विद्यालय राईमा गाभिएको र सहश्रलिङ माध्यामिक विद्यालयको प्रारम्भिक बाल बिकास कक्षा लाई र कक्षा १ को बिस्तारित कक्षालाई कैलपाल प्राबिको भवनमा संचालन गर्ने गरी समायोजन गरेको छ ।

यसैगरी भुमिराज प्राबि शान्तिनगर ढुनढुने लाई हालकायम रहेको कक्षा १—४ वाट १—३ गर्ने र कक्षा ४ लाई बैजनाथ माबि मौराडामा गाभी समायोजन गरीएको छ । जनज्योती प्राबि आदित्यपुर लाई हाल कायम रहेको प्रारम्भिक बाल कक्षा—५ वाट ०—३ कायम गरी कक्षा ४ र ५ लाई त्रिपुरा सुन्दरी आबि बिरखम्बमा समायोजन गरेको छ । जनसेवा प्राबि डाँडाकोट लाई हाल कायम रहेको बाल कक्षा—५ वाट ०—३ कायम गरी कक्षा ४ र ५ लाइ घटाल माबि नुवाकोटमा गाभी समायोजन गरीएको छ ।

असिग्राम प्राबि सुनेडा लाई हाल कायम रहेका बाल कक्षा—५ वाट ०—३ कायम गरी कक्षा ४ र ५ लाई बैजनाथ आबि भलियामा गाभी समायोजन गरीएको छ । पूर्णागिरी प्राथमिक विद्यालय जिलोडालाई असिग्राम प्राथमिक विद्यालय सेलागाउँमा गाभिएको र कक्षा ०—५ वाट कक्षा ०—३ गर्ने र कक्षा ४र ५ लाई भुमिराज प्राबि बागचौरमा गाभी समायोजन गरेको छ । साथै पुर्णागिरी प्राबिको भवनमा असिग्राम प्राबि सेलागाउँको प्रारम्भिक बाल शिक्षा कक्षाको बिस्तारीत कक्षा संचालन गर्ने र बिशेष शिक्षाको कक्षा लाई समेत सोही भौतिक संरचनामा संचालन गर्ने गरी समायोजन गरेको नगरपालिका शिक्षा शाखाले जानकारी दिएको छ ।

यसैगरी शैलेश्वर महादेव प्राबि तिलाडी लाई हाल कायम रहेको कक्षा ०—५ वाट कक्षा ०—३ गर्ने र कक्षा ४र ५ लाई उग्रतारा माबि पोखरामा गाभी समायोजन गरीएको छ । यसैगरी गणेशमान स्मृति दुमडा, माहेश्वरी प्राबि निदालगाउँ लाई शैक्षीक गुणस्तर बृद्धिमार्फत बिधार्थी संख्या बढाउने शर्त तोकी हाल लाई साविक बमोजिम नै कक्षा ०—५ संचालन गर्ने र बिधार्थी संख्या बृद्धि नभए अर्को पटकको समायोजनमा कक्षा वा तह कटौती गर्ने जनाएको छ ।

बैजनाथ आबि भलिया र त्रिपुरा सुन्दरी आबि बीरखम्ब लाई पनि पनि शैक्षीक गुणस्तर बृद्धिमार्फत बिधार्थी संख्या बढाउने शर्त तोकी हाल लाई साविक बमोजिम नै कक्षा ०—८ संचालन गर्ने र बिधार्थी संख्या बृद्धि नभए अर्को पटकको समायोजनमा कक्षा वा तह कटौती गर्ने जनाएको छ ।

बालविकास कक्षादेखि ५ कक्षा सञ्चालन भएका विद्यालयले शैक्षिकसत्र २०७७ देखि कक्षा ४ र ५ मा भर्ना लिन नपाउने भएका छन् । उनीहरूले अब बालविकास कक्षादेखि ३ को मात्रै पठनपाठन गर्न पाउने नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्तराज पन्तले बताए । जसमा भरर्खरै समायोजन भएका विद्यालय रहेको शिक्षा शाखा प्रमुख पन्तले बताए ।

साथै कार्यपालिका बैठकले विद्यालयको शिक्षक दरबन्दी मिलानको कार्य तत्काल प्रारम्भ गर्ने तथा दरबन्दी मिलानको कार्य सम्पन्न नहुँदासम्म शिक्षक सरुवा र नियुक्ति सम्बन्धी सम्पूर्ण कार्य रोक्ने निर्णय समेत गरेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको