शैक्षिक गुणस्तर सुधारका लागि अमरगढी नगर क्षेत्रका विद्यालय गाभियो

डम्बर निदाल
डडेल्धुरा -डडेल्धुराको अमरगढी नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालय समायोजन गरेको छ । शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले नगर क्षेत्रभित्रका मापदण्डअनुरुप न्यूनतम विद्यार्थी संख्या नपुगेका विद्यालय अन्य विद्यालयमा गाभी समायोजन गरेको हो ।

नगर उपप्रमुख संगिता भण्डारीको संयोजकत्वमा सामुदायिक विद्यालयको दरबन्दी मिलान तथा विद्यालय समायोजन सुझाव समितिले स्थलगत अनुगमन र सरोकारवालाहरुसँगको छलफल पश्चात नगर कार्यपालिकामा बुझाएको प्रतिवेदनका आधारमा विद्यालय समायोजनको निर्णय भएको नगरप्रमुख विशेश्वर प्रसाद ओझाले बताए । उक्त समितिले समायोजन गरिएका विद्यालयको पछिल्लो ३ वर्षको विद्यार्थी संख्या सम्बन्धी तथ्यांक विश्लेषणको आधारमा शैक्षिक गुणस्तर सुधारका लागी विद्यालय समायोजन गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाको सामुदायिक विद्यालय समायोजन कार्यविधी २०७७ अनुसार कैलपाल प्राथमिक विद्यालय झर्तालाई सहश्रलिङ माध्यामिक विद्यालय राईमा गाभिएको र सहश्रलिङ माध्यामिक विद्यालयको प्रारम्भिक बाल बिकास कक्षा लाई र कक्षा १ को बिस्तारित कक्षालाई कैलपाल प्राबिको भवनमा संचालन गर्ने गरी समायोजन गरेको छ ।

यसैगरी भुमिराज प्राबि शान्तिनगर ढुनढुने लाई हालकायम रहेको कक्षा १—४ वाट १—३ गर्ने र कक्षा ४ लाई बैजनाथ माबि मौराडामा गाभी समायोजन गरीएको छ । जनज्योती प्राबि आदित्यपुर लाई हाल कायम रहेको प्रारम्भिक बाल कक्षा—५ वाट ०—३ कायम गरी कक्षा ४ र ५ लाई त्रिपुरा सुन्दरी आबि बिरखम्बमा समायोजन गरेको छ । जनसेवा प्राबि डाँडाकोट लाई हाल कायम रहेको बाल कक्षा—५ वाट ०—३ कायम गरी कक्षा ४ र ५ लाइ घटाल माबि नुवाकोटमा गाभी समायोजन गरीएको छ ।

असिग्राम प्राबि सुनेडा लाई हाल कायम रहेका बाल कक्षा—५ वाट ०—३ कायम गरी कक्षा ४ र ५ लाई बैजनाथ आबि भलियामा गाभी समायोजन गरीएको छ । पूर्णागिरी प्राथमिक विद्यालय जिलोडालाई असिग्राम प्राथमिक विद्यालय सेलागाउँमा गाभिएको र कक्षा ०—५ वाट कक्षा ०—३ गर्ने र कक्षा ४र ५ लाई भुमिराज प्राबि बागचौरमा गाभी समायोजन गरेको छ । साथै पुर्णागिरी प्राबिको भवनमा असिग्राम प्राबि सेलागाउँको प्रारम्भिक बाल शिक्षा कक्षाको बिस्तारीत कक्षा संचालन गर्ने र बिशेष शिक्षाको कक्षा लाई समेत सोही भौतिक संरचनामा संचालन गर्ने गरी समायोजन गरेको नगरपालिका शिक्षा शाखाले जानकारी दिएको छ ।

यसैगरी शैलेश्वर महादेव प्राबि तिलाडी लाई हाल कायम रहेको कक्षा ०—५ वाट कक्षा ०—३ गर्ने र कक्षा ४र ५ लाई उग्रतारा माबि पोखरामा गाभी समायोजन गरीएको छ । यसैगरी गणेशमान स्मृति दुमडा, माहेश्वरी प्राबि निदालगाउँ लाई शैक्षीक गुणस्तर बृद्धिमार्फत बिधार्थी संख्या बढाउने शर्त तोकी हाल लाई साविक बमोजिम नै कक्षा ०—५ संचालन गर्ने र बिधार्थी संख्या बृद्धि नभए अर्को पटकको समायोजनमा कक्षा वा तह कटौती गर्ने जनाएको छ ।

बैजनाथ आबि भलिया र त्रिपुरा सुन्दरी आबि बीरखम्ब लाई पनि पनि शैक्षीक गुणस्तर बृद्धिमार्फत बिधार्थी संख्या बढाउने शर्त तोकी हाल लाई साविक बमोजिम नै कक्षा ०—८ संचालन गर्ने र बिधार्थी संख्या बृद्धि नभए अर्को पटकको समायोजनमा कक्षा वा तह कटौती गर्ने जनाएको छ ।

बालविकास कक्षादेखि ५ कक्षा सञ्चालन भएका विद्यालयले शैक्षिकसत्र २०७७ देखि कक्षा ४ र ५ मा भर्ना लिन नपाउने भएका छन् । उनीहरूले अब बालविकास कक्षादेखि ३ को मात्रै पठनपाठन गर्न पाउने नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्तराज पन्तले बताए । जसमा भरर्खरै समायोजन भएका विद्यालय रहेको शिक्षा शाखा प्रमुख पन्तले बताए ।

साथै कार्यपालिका बैठकले विद्यालयको शिक्षक दरबन्दी मिलानको कार्य तत्काल प्रारम्भ गर्ने तथा दरबन्दी मिलानको कार्य सम्पन्न नहुँदासम्म शिक्षक सरुवा र नियुक्ति सम्बन्धी सम्पूर्ण कार्य रोक्ने निर्णय समेत गरेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

सिफारिस

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका क्रममा काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान दर्शकले खचाखच भरिएको छ। सोमबारदेखि सुरु भएको...

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर भत्काएर सपिङ प्लाजा निर्माण गर्न लागिएको...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार पारिएको छ। प्रतियोगितालाई लक्षित गर्दै मैदानको...

भर्खरै

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका...

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

धेरै पढिएको