प्रचण्डले तथ्यहीन आरोप लगाएर नेकपाभित्र भाँडभैलो गर्न खोजे : प्रधानमन्त्री ओली

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको ‘राजनीतिक प्रस्ताव’को जवाफ अर्का अध्यक्ष केपी शर्मा ओलीले दिने भएका छन्।

कार्यकारी अध्यक्ष प्रचण्डले लगाएको आरोप स्वीकार गर्न नसक्ने भन्दै प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा व्यवस्थित रूपमा जवाफ दिने जनाएका हुन्।

“प्रचण्डजीले राजनीतिक प्रस्ताव भनेर पेश गरेका विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, उहाँले ममाथि आधारहीन लाञ्छना लगाउनुभएको छ,” प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, “यो आधारहीन लाञ्छनाको म व्यवस्थित र तथ्ययुक्त रूपमा प्रतिवाद गर्दछु, म यसको सबै जवाफ एकमुष्ट रूपमा दिन्छु तर उहाँको आरोप म कदापि स्वीकार गर्दिनँ।”

प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डले व्यक्तिगत कुण्ठा राखेर निराधर आरोप लगाएको जिकिर गर्दै आगामी सचिवालय बैठकमा त्यसको लिखित जवाफ दिने प्रतिबद्धता जनाएका छन्। कार्यकारी अध्यक्ष प्रचण्डले तथ्यहीन आरोप लगाएर नेकपाभित्र भाँडभैलो गर्न खोजेको मात्रै होइन, त्यसै भाडँभैलो मच्चाएर नेतृत्व हडप्नसमेत खोजेको आरोप पनि सचिवालय बैठकमा लगाएका छन्।

स्थायी कमिटी बैठकले दिएको जिम्मेवारीअनुसार महाधिवेसनको कार्ययोजना नल्याएको, पार्टी एकीकरणको काममा अग्रसरता नदेखाएको, एकीकरणसम्बन्धी विवादहरू टुङ्ग्याउन लागि नपरेको तर सरकारको काममा निरन्तर अवरोध गरेको तथा राजनीतिक नियुक्तिहरूमा मात्रै बढी चासो देखाउँदा समस्या भएको आरोप पनि प्रधानमन्त्री ओलीले लगाएका छन्।

प्रधानमन्त्री ओलीले प्रचण्डले पेश गरेको प्रस्तावलाई राजनीतिक प्रस्ताव मान्न नसकिने जनाउँदै कुण्ठाको उपचार गराउन नसकिने जवाफ पनि बैठकमा दिएका छन्। तर, पनि प्रचण्डले प्रस्ताव गरेको आरोप लिखित रूपमा आइसकेपछि त्यसको जवाफ दिन आवश्यक भएको जनाएको छन्।

सिफारिस

जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषि देव फुयाँल निर्वाचित

काठमाडौं — जिल्ला समन्वय समिति महासंघ नेपालको छैटौँ राष्ट्रिय परिषद् बैठकबाट नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषि...

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

भर्खरै

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

धेरै पढिएको