डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकाले स्वास्थ्यचौकीमा सुपथ मुल्यमा फार्मेसी सञ्चालन गरेको छ । गाउँवस्तिमा नै सर्वसाधारणलाई औषधी सहजै रुपमा उपलब्ध गराउन फार्मेसी संचालन गरेको हो । गाउँमै औषधी पसल सञ्चालनमा आए पछि स्थानिय लाई सहज भएको छ । गन्यापधुरा गाउँपालिकाले स्वास्थ्यचौकीमा सुपथ मुल्यमा फार्मेसी सञ्चालन गरे पछि स्थानिय लाई सहज भएको हो ।
अहिले गाउँपालिका सदरमुकाम गणेशपुरको गणेशपुर स्वास्थ्यचौकीमा सुपथ मुल्य फार्मेसी सञ्चालन गरिएको छ । । गाउँपालिकाले सञ्चालन गरेको फार्मेसीमा तोकिएको मुल्य भन्दा कम मुल्यमा औषधी दिईने गरेको र अहिले गाउँपालिकाले अभ्यासको लागि एक स्थानमा फार्मेसी सञ्चालन गरेको हो । ब्यबस्थित र प्रभावकारी भए विस्तारै गाउँपालिकाका अन्य स्थानमा पनि सुपथ मुल्य फार्मेसी सञ्चालन गर्ने योजना रहेको गन्यापधुरा गाउँपालिकाका प्रशासकिय अधिकृत दिलिप तामाङले बताए ।
गाउँपालिका सदरमुकामको स्वास्थ्य चौकीमा फार्मेसी सञ्चालनमा ल्याए पछि स्थानिय लाई निकै सहज भएको छ । औषधी मात्रै लिन हजार बढी गाडी भाडा, खाना, नास्ता र एक दिन खर्च गर्ने बाध्यता हटेको स्थानियको भनाई छ । आपतकालिन अवस्थामा स्वास्थ्यकर्मीहरुले पनि यहाँ बाट औषधी लगि स्थानिय लाई उपलब्ध गराई रहेका छन ।
गाउँमै औषधी पाइने भएपछि स्थानिय खुशी भएका छन् । यस अघि निःशुल्क बाहेकका आवश्यक औषधी खरिदका लागि गाउँवाट एक हजार बढी रुपैया सम्म खर्च गेरर जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता रहेकोे थियो । फार्मेसी स्थापना संगै सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ । स्थानिय स्तरमै फार्मेसी स्थापना भएसंगै खर्चको बचत,गाडी भाडा लगायत अन्य खर्च गर्नु पर्ने बाध्यता हटेको स्थानियको भनाई छ ।
खास गरी दिर्घ रोगीहरु लाई सहज भएको र नियमित रुपमा औषधी सेवन गरि रहेकाहरुले औषधीकै लागी जिल्ला सदरमुकाम जानु पर्ने र अरुको आश गर्नु पर्ने बाध्यताको अन्त्य भएको स्थानिय बताउछन् ।
