काठमाडौं – आज सेयर बजारमा सर्वाधिक कारोबारको भएको बिहीबारको रेकर्ड तोडिएको छ । बिहीबार ६ अर्ब ११ करोड रुपैयाँको कारोबार भएर रेकर्ड कायम गरेको बजारमा आइतबार ६ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको हो । उच्च कारोबारका बीच नेप्से परिसूचक भने ४.६९ अंकले मात्रै बढेको छ ।
बजारमा कारोबार सुरु हुनेबित्तिकै नेप्से परिसूचक बढेर १ हजार ८ सय ११ अंकमा पुगेको थियो । त्यसलगत्तै २५ अंकले बजार घटेपछि बजारमा खरिदकताएको चाप उच्च देखिन थाल्यो । बजारमा खरिदको चाप सुरु भएसँगै मध्यान्हसम्ममा बजार फेरि पुरानै अंकमा फर्किएको थियो ।
आइतबार सिटिजन्स म्युचुअल फण्ड–२ र जेविल्स फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा प्रभु बैंक, नबिल बैंक, अजोड इन्स्योरेन्स, नेको इन्स्योरेन्स लगायतको शेयरमूल्ष्यमा उच्च वृद्धि देखियो । माउन्टेन हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर, साल्ट ट्रेडिङ लगायतको सेयरमूल्यमा भने उच्च गिरावट आएको छ ।
