काठमाडौं – काठमाडौं उपत्यकामा थप १००७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ७७९ जना, भक्तपुरका ८५ जना र ललितपुरका १४३ जनामा कोरोना संक्रमण देखिएको हो।
आज जम्मा १०३८१ जनाको पिसिआर परिक्षण गरिएको थियो।
यस्तै काठमाडौँ उपत्यकामा हिजोपनि ९५७ जनामा कोरोना संक्रमण भएको थियो।
यस्तै नेपालमा थप १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २२२२८८ पुगेको छ।
